एकपटक शैतान तीन पास्टरहरू कहाँ देखा पर्यो र तिनीहरूलाई भन्यो,
“यदि मैले तपाईलाई विगतको केहि परिवर्तन गर्ने शक्ति दिएँ भने तपाईले के परिवर्तन गर्नुहुन्छ?”
तिनीहरूमध्ये पहिलोले ठूलो उत्साहका साथ जवाफ दिए, “म आदम र हब्बालाई पापमा पर्नबाट तिमीलाई रोक्नेछु, ताकि मानिस परमेश्वरबाट टाढा हुन नपराेस।”
दोस्रो, दयाले भरिएर उसलाई भन्यो, “म तिमीलाई परमेश्वरबाट तुरुन्तै सजाय दिनबाट रोक्नेछु, ताकि पछि तिमीले आफैलाई अनन्तको लागि दोषी ठान्नेछौं।”
तिनीहरूमध्ये तेस्रो सबैभन्दा सरल थिए र परिक्षा गर्नेलाई जवाफ दिनुको सट्टा, उनले आफ्नो घुँडा टेके, क्रुसको चिन्ह बनाए र यसो भन्दै प्रार्थना गरे, “हे प्रभु, मलाई के हुन सक्छ र के भएन भन्ने परिक्षाबाट मुक्त गर्नुहोस।”
तब शैतान, कराउँदै र पीडाले काँप्दै, तिनीहरूलाई छाेडेर अन्तर्धान भयाे।
अरु दुईजनाले अचम्म मान्दै उनलाई भने, “भाई, तिमीले किन यस्तो प्रतिक्रिया दियौ?”
उनले जवाफ दिए,
“पहिलो: हामीले शत्रुसँग कहिल्यै संवाद गर्नु हुँदैन।
दोस्रो: संसारमा कसैसँग विगतलाई परिवर्तन गर्ने शक्ति छैन।
तेस्रो: शैतानको चासो हाम्रो सद्गुण प्रमाणित गर्न होइन, तर हामीलाई विगतमा फसाउनको लागि थियो। ताकि हामीले वर्तमानलाई बेवास्ता गराैँ। वर्तमान समयमा मात्र परमेश्वरले हामीलाई उहाँको अनुग्रह दिनुहुन्छ र ताकि हामी उहाँको इच्छा पूरा गर्नको लागि अगाडि बढ्न सकाैँ।”
शैतानले सबैभन्दा धेरै मानिसहरूलाई खुसी हुनबाट रोक्ने र समात्ने एउटै कुरा छ, “के हुन सक्थ्यो र के भएन।” याे भुतकाल र भविष्यकालकाे विचारमा व्यस्त राख्नु र चिन्तित पार्नु हाे र बहुमुल्य समय बर्बाद पारिदिनु हाे।
विगतलाई परमेश्वरको कृपामा छाेडिदिनुहाेस र भविष्यलाई पनि उहाँकै प्रबन्धमा सुम्पनुहाेस। हामीसँग वर्तमान मात्र हाम्रो हातमा छ। यसकारण आजकाे निम्ति बाँच्नुहोस र परमेश्वरकाे सिद्ध इच्छा आफ्नो जीवनमा पूरा गर्ने काममा आफैलाई व्यस्त राख्नुहाेस।
.jpeg)
No comments:
Post a Comment