Monday, January 22, 2024

याैनकाे पाप, परमेश्वरकाे सेवक र मार्गदर्शक नियमहरू

 


1. कहिल्यै कसैलाई नजिकको आत्मिक छोरी नबनाउनुहाेस।
2. मण्डलीको कुनै पनि स्त्री या महिला सदस्यसँग कहिल्यै भावनात्मक रूपमा निकै नजिक नहुनुहोस।
3. आफ्नो आत्मिक छाेरीकाे तस्वीर सामाजिक सञ्जालहरूमा कहिल्यै पोस्ट नगर्नुहोस, तिनी तपाईंको निम्ति जतिसुकै महत्त्वपूर्ण र तपाईलाई जति सहयोग गरेतापनि!
4. सधैं ध्यान राख्नुहोस कि जुन स्त्रीले सस्तोमा आफूलाई दिए, त्यसरी नै भोलि सस्तोमा तपाईंसँग लड्ने पनि छ।
5. कुनै पनि विश्वासी (स्त्री) को फाइदा कहिल्यै नउठानुहोस, जसले तपाईंलाई “मेरो पास्टर”, “मेरो पिता” वा “मेरो बुबा” भन्दछन। कृपया म तपाईंलाई बिन्ती गर्दछु, कसैलाई नरकमा जान नदिनुहोस।

6. पत्नी वा तेस्रो पक्षकाे सहमति या साक्षी बिना कुनै पनि स्त्रीलाई आर्थिक सहयोग नदिनुहोस।
7. एक्लो ठाउँहरूमा स्त्रीहरूको लागि कहिल्यै प्रार्थना नगर्नुहोस, मानिसहरू वरपर छन भनेर सुनिश्चित गर्नुहोस।
8. आफ्नो हृदयलाई कुनै पनि स्त्री प्रति लालसा गर्न अनुमति नदिनुहोस ।
9. “उहाँ मेरो पास्टर हुनुहुन्छ” भनी लगातार भाेजन दिने स्त्रीहरुबाट नखानुहोस। याद गर्नुहोस, खाना मानिसको हृदय बहकाउने एउटा अर्को तरिका हो।
10. यौन अनैतिकताकाे विरुद्ध खुलेर र कडा रूपमा प्रचार गर्नुहोस र तपाईले प्रचार गरेको कुराको पालना गर्नुहोस।

11. तपाईंकाे वरिपरि र चर्चभित्र अभद्र लुगा लगाउनेहरूलाई हप्काउनुहोस।
12. यदि कुनै स्त्रीले तपाईलाई याैन सम्बन्धको लागि संकेत दिईरहेको छ भने, उसलाई खुलेर हप्काउनुहोस।
13. कुनै पनि स्त्रीसँग फोहोर र अश्लील कुराकानी नगर्नुहोस।
14. यदि तपाईं विवाहित हुनुहुन्छ भने, कुनै पनि गोप्य कुरा आफ्नाे पत्नीबाट नलुकाउनुहोस।
15. यदि तपाइँ विवाहित हुनुहुन्छ भने तपाइँको पत्नीलाई तपाइँको सबैभन्दा राम्रो साथी बनाउनुहोस र कदम मिलाएर कहिँ पनि, जसरी पनि साथमा हिँड्नुहाेस।

16. यदि तपाईं विवाहित हुनुहुन्छ भने, मण्डलीका महिला सदस्यहरूसँग संवेदनशील बिषयमा परामर्श दिँदा आफ्नो पत्नीलाई सधै साथमा राख्नुहाेस।
17. सधैं आफ्नो पत्नीको बारेमा कुरा गर्नुहोस, किनकि नराम्रो नियत भएका स्त्रीहरूले तपाईंलाई उनीदेखि टाढा राख्न पीछा गरिरहेका हुनसक्छन।
18. आफ्नी पत्नीलाई जहाँ पनि आफ्नो प्रेम प्रकट गर्नुहोस।
19. यदि कुनै स्त्री तपाईको नजिक आउन थाल्छन भने, कृपया नाम, फोन नम्बर र उनको विवरण सहित आफ्नी पत्नीलाई जानकारी दिनुहोस।
20. आफ्नाे मण्डलीका स्त्री सदस्यहरूसँग राम्रो व्यवहार गर्नुहोस, तर तपाईंले कुनै पनि खराब चाल देख्नुभयाे भने कडा व्यवहार देखाउनुहाेस र तिनलाई अनुशासित पार्नुहाेस।

21. कुनै पनि स्त्रीबाट प्राप्त उपहार, नगद वा कुनै पनि कुराबाट तपाईंको आत्मिक जीवनको लागि प्रतिकूल हुन सक्छ, सावधान रहनुहोस।
22. कुनै स्त्रीलाई आफ्नाे सचिव वा व्यक्तिगत सहायक नियुक्त गर्नु तपाईको आत्माको लागि सजिलो पासो हो।
23. स्त्रीसँग हात समात्ने वा अंगालो मिलाउने कुराले तपाईंलाई कहिल्यै योजना नगरेको कुरामा पुर्‍याउन सक्छ।
24. कहिल्यै विश्वास नगर्नुहोस कि तपाईं परिक्षालाई सजिलैसँग जित्न सक्नुहुन्छ। (१ काेरन्थी १०:१२)

[अध्ययन गर्नुहाेस : हितोपदेश २:१६-१९, ५:३-१५, ६:२४-३२, ७:५-२७, ९:१६-१८, राेमी ६:१२-१३, १ काेरन्थी ६:९, १८, एफिसी ५:३, कलस्सी ३:५, १ थेसलाेनाेकी ४:३, ५, १ पत्रुस २:११]

* मलाई आशा छ कि यो तपाईंको निम्ति निकै नै उपयोगी हुनेछ।
  याे सत्य सबै मानिसहरू कहाँ पुर्‍याउनुहोस!


Sources :
1. https://www.nairaland.com/5284923/twenty-20-guiding-rules-men
2. https://youtu.be/zRJeWF7d_MM?si=1YIynfAIu-vz2C2H
3. https://www.facebook.com/100046975915670/posts/pfbid02LDfxhxxU1MitggLbn5yvfUMCDVBsti7F2xs3RNLLxwfBooZmTuKypi5fHACyZx3ql/?app=fbl


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...