1. तपाईंले विवाहित पुरुषसँग याैन-सम्बन्ध राख्न कहिल्यै सहमत हुनुहुँदैन, चाहे उसले जति धेरै वाचा वा दाबी गरे पनि कहिल्यै सम्बन्ध नराख्नुहाेस!
2. आफ्नो मालिकसँग याैन-सम्बन्धकाे निम्ति कहिल्यै सहमत नहुनुहोस। यदि उत्पीडन धेरै भयो भने, राजीनामा दिनुहोस र राम्रो कामको लागि परमेश्वरमा भरोसा गर्नुहोस।
3. यदि परमेश्वरले कुनै मानिसहरूलाई तपाईंको जिम्मेवार वा पास्टरको अधीनमा राख्नुहुन्छ भने, तिनीहरूसँग याैन-सम्बन्ध राख्नुभन्दा तपाईं मर्नु राम्रो हो। परमेश्वरका जनहरूबाट जेसुकै भए पनि याे काम नगर्नुहोस।
4. विवाहित महिलासँग याैन-सम्बन्ध नराख्नुहोस। यदि तपाईं च्याटिङ, कार्यालय वा शैक्षिक सम्बन्ध मार्फत धेरै नजिकिँदै हुनुहुन्छ भने, तपाईंको नाम बदनाम गरिएतापनि त्याे निकटतालाई तुरुन्तै ताेड्नुहाेस।
5. आफ्ना अध्यापकहरूसँग कहिल्यै याैन-सम्बन्ध नराख्नुहोस। आफ्नो ग्रेड वा अङ्क बढाउनको लागि याैन-सम्बन्ध राख्नु अनुचित कार्य हाे। यस्तो काम तपाईंले कहिल्यै गर्नुहुँदैन!
6. यदि तपाइँ मार्केटर हुनुहुन्छ भने, तपाईंको कार्यालयबाट ताेकिएकाे व्यापारिक लक्ष्य पूरा गर्नको लागी एक सम्भावित ग्राहकसँग याैन-सम्बन्ध राख्न सहमत नहुनुहोस। यस्तो काम कहिल्यै नगर्नुहोस!
7. आफ्नो ससुराली तर्फका व्यक्तिहरूसँग याैन-सम्बन्ध नराख्नुहाेस। यदि ऊ वा तिनी तपाईंसँग बस्छन र तपाईंलाई प्रतिरोध गर्न गाह्रो भइरहेको छ भने, उनलाई छोड्नुहोस या कतै टाढा राख्नुहाेस। तर अवश्य दुरि बढाउनु हाेस!
8. आफ्नो छिमेकी वा सहकर्मी वा सहपाठीसँग याैन-सम्बन्ध नराख्नुहाेस। छिमेकी भनेको छिमेकी हो, सहकर्मी सहकर्मी हो र सहपाठी सहपाठी हाे। आफ्नो सुन्दर र शान्त जीवनलाई थप जटिल नबनाउनुहोस!
9. आफ्नो मैत्रीपूर्ण साथीसँग यौन-सम्बन्ध नराख्नुहाेस। यदि सम्बन्ध अब मैत्रीपूर्ण छैन भने, त्याे सम्बन्धलाई तोड्नुहोस!
10. म विश्वास गर्दछु कि परमेश्वरले पुरुष र नारीको बीचमा यौन सम्बन्ध बनाउनुभयो। आफ्नो समान लिङ्गसँग यौन-सम्बन्ध गर्नबाट टाढा रहनुहोस। परमेश्वर समलैंगिकताको विरुद्धमा हुनुहुन्छ र तपाईंले पनि त्यस्तै गर्नुपर्छ।
11. आफ्नो दाजुभाइ, दिदिबहिनी वा आफन्तसँग यौन-सम्बन्ध नराख्नुहाेस। किनकि याे अआदरणीय र निन्दनीय छ।
12. आफ्नो प्रेमिकासँग यौन-सम्बन्ध नराख्नुहाेस। आफ्नो प्रेमीसँग यौन-सम्बन्ध नराख्नुहाेस। परमेश्वरले प्रेम सम्बन्धको लागि याैन सृष्टि गर्नुभएन, तर उहाँले विवाहको लागि सिर्जना गर्नुभयाे।
* तपाईंले केबल आधिकारिक वा कानुनी रूपमा मान्यता पाएको आफ्नो विवाहित साझेदारसँग मात्र यौन-सम्बन्ध राख्नुहाेस। तबमात्र तपाईंले आफ्नो जीवनमा भावनात्मक, मानसिक, शारीरिक र आत्मिक रूपमा शान्ति महशुस गर्नुहुनेछ!
[पढ्नुहाेस : लेवीहरू 18:1-30]
Source :
https://www.nairaland.com/7128444/sex-must-not

No comments:
Post a Comment