1. आफ्नी पत्नी वा नातेदार (आमा, छोरी) बाहेक अरू कुनै महिलासँग एक्लै काेठामा बस्नेछैन।
2. एक्लै महिलासँग भाेजन खाने छैन।
3. एक्लै महिलालाई कुनै सल्लाह दिने छैन।
4. एक्लै महिलासँग कुनै ठाउँमा जाने छैन।
बिली ग्राहम एक ख्रीष्टियन प्रचारक हुन। उनले इतिहासमा अरू कसैको तुलनामा प्रत्यक्ष दर्शकहरूमा धेरै मानिसहरूलाई सुसमाचार प्रचार गरे। आफ्नो जीवन अवधिमा 185 भन्दा बढी देशहरू र लगभग 215 मिलियन मानिसहरूलाई येशू ख्रीष्टकाे बारेमा बताए। टेलिभिजन, भिडियो, चलचित्र, पुस्तक र वेबकास्टहरू मार्फत करोडौं मानिसहरू कहाँ थप पुगेको छ। उनले लाखौं व्यक्तिहरूलाई ख्रीष्टको लागि बाँच्न व्यक्तिगत निर्णयहरू गर्न नेतृत्व गरे।
उनको सेवकाई सफल हुनुको पछाडि थुप्रै कारणहरू मध्ये उनले आफ्नो जीवनमा बनाएको याे नैतिक नियम पनि एक हाे।
आज परमेश्वरकाे जन र सेवकहरूकाे जीवनमा अनगिन्ती याैन सम्बन्धि घटनाकाे समाचारहरू र आरोपहरू आईरहेकाे बेला बिली ग्राहम एक यस्तो व्यक्तिको रूपमा उभिएका छन, जसको नैतिक चरित्र काँचझैँ सफा छ। उनको मृत्यु अघि र पछि पनि कसैले उनको नैतिक चरित्रमा एउटा आरोप लगाउन सकेन।
उनले आफ्नो नैतिक जीवन शुद्ध राख्न बनाएको उनको नियमले गर्दा उनलाई निकै बिराेधकाे सामना पनि गर्नु पर्याे। उनलाई पुरूषवादी, महिला विरोधी, देखावटी, ढाेंगी इत्यादि नामले पनि बदनाम गरियो। तर उनलाई त्यो विराेधले कुनै असर गरेन। उनी जान्दथे कि उनलेे त्याे नियम किन बनाए!
* तपाईंको जीवनकाे नैतिक नियम कस्तो छ?
यसकारण लेखिएको छ,
तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,
किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” [१ पत्रुस १:१५-१६]
“यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।” [मत्ती ५:४८]

No comments:
Post a Comment