एक शिक्षकले पाटीमा लेखे,
36x + yx, 2/3yx + 3x (66y + 12x).b = 0
ती शिक्षकले जोनीतिर इसारा गर्दै भने, “जाेनी, याे समस्यालाई हल गर।”
जोनीले डस्टर उठाए, पाटी सफा गरे र भने, “म्याडम, समस्या हल भयो!”
हाम्रो जीवनका कतिपय समस्याहरूलाई यस्तै किसिमको समाधान चाहिन्छ।
केबल त्यसलाई सफा गर्नुहोस र अगाडि बढ्नुहोस।
1. कसैले तपाईलाई उत्ताउलो समस्या दिन चाहन्छ, त्यसलाई आफ्नो विचारबाट सफा गर्नुहोस र अगाडि बढ्नुहोस।
2. कोही तपाईको दिन बिगार्न निराशाजनक र निरुत्साहित समाचार लिएर आउँछन, तब त्यसलाई तपाईको दिमागबाट सफा गर्नुहोस र अगाडि बढ्नुहोस।
3. कसैले तपाईसँग बेकारको झगडा उठाउँदै छ किनभने तपाईले केहि रचनात्मक गर्दै हुनुहुन्छ, त्यसलाई पनि आफ्नो साेँचबाट सफा गर्नुहोस र अगाडि बढ्नुहोस।
4. कोही सफलताको लागि तपाईंको चालमा बाधा पुर्याउन चाहन्छ, केवल तिनीहरूलाई अलग गर्नुहोस र तपाईंको लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस।
याे नयाँ दिनकाे शुरूवातसँगै डस्टर लिनुहोस र आफ्नो हृदयबाट हरेक फोहोर कुराहरू सफा गर्नुहोस; क्रोध सफा गर्नुहोस, क्षुद्र ईर्ष्या सफा गर्नुहोस, झगडा सफा गर्नुहोस, घृणा सफा गर्नुहोस, लोभ सफा गर्नुहोस, खराब विचारहरू सफा गर्नुहोस र केही समयपछि तपाईंले थाहा पाउनुहुनेछ कि तपाईंको समस्याहरू बिस्तारै समाधान भईरहेको छ।
* 2024 लाई सफा पाटीको साथ सुरु गरौं!

No comments:
Post a Comment