याे प्रसङ्गमा दुईवटा घटना यहाँ प्रस्तुत गरिएको छ।
1. “प्रेज द लर्ड” जाेन र नयाँ जुता :
कुनै एउटा मण्डलीमा “प्रेज द लर्ड” उपनाम पाएका जाेन भन्ने एक विश्वासी जवान केटा थिए।
उनले सभामा प्रायः चर्को स्वरमा “प्रेज द लर्ड” भन्थे। उसलाई एक पटक भनिएको थियो कि यदि उसले पास्टरको प्रवचनको समयमा यो भन्न छोडे भने, उसलाई एक नयाँ जुताको जोडी दिइनेछ। जोनले सक्दो प्रयास गरे, तर उनको जिब्रोमा “प्रेज द लर्ड” शब्दहरू राेक्न सकेनन। अन्ततः जोनले आफ्नो सन्तुलन गुमाए, आफ्नो स्वर उठाए र भने, “नयाँ जुत्ता पाऊ या नपाऊ, “प्रेज द लर्ड”!”
* प्रभुको प्रशंसा गर्न हामीलाई कुनै पनि कुराले रोक्न नसकेको होस!
2. बिमारी महिला र प्रेज द लर्ड :
एकपटक एकजना विश्वासी सिकिस्त बिमारी भएछन। उनले आफ्नो सानो छाेरालाई पास्टरलाई बाेलाएर ल्याउन भनेर पास्टरकाे घरमा पठाए।
उता पास्टर पनि त्यसै समयमा बिमारी भएका रहेछन। ती बच्चाले घरमा गएर आफ्नी आमालाई प्रार्थना गर्न भनी अनुरोध गरे। पास्टर स्वयं बिमारी भएतापनि उनी जाने निर्णय गरे। बालक अगाडि-अगाडि गई हाले र पास्टर बिस्तारै हिँड्दै पछि पुगे।
जब पास्टर ती बिमारी ब्यक्तिकाे घरमा पुगे, तब उनले ती बिमारी व्यक्तिको घरकाे धाेकामा हात राखेर तीनपटक जाेरसँग कराउँदै “प्रेज द लर्ड... प्रेज द लर्ड... प्रेज द लर्ड...” भने।
तेस्रोपटक ती बिमारी व्यक्ति बिस्ताराबाट उठेर पास्टरलाई ढाेकामा नै अभिवादन गर्न पुगे।
तब पास्टर अचम्ममा परे र भने, “तिमी त धेरै सिकिस्त बिमारी भएको खबर पाएको थिए, तर तिमी त स्वस्थ्य नै रहेछौं। यसरी मलाई किन दु:ख दियाै?”
तब ती बिमारी व्यक्तिले भने, “पास्टर जी, म सिकिस्त बिमारी नै थिए, तर जब तपाईं मेरो घरमा आएर ढाेकामा हात राखि पहिलोपटक “प्रेज द लर्ड” भन्नुभयो, तब मेरो बिमारी छाँतीसम्म आयाे। जब दाेस्राेपटक “प्रेज द लर्ड” भन्नुभयो, तब मेरो बिमारी कम्मरसम्म आयाे। र तेस्रोपटक जब तपाईंले “प्रेज द लर्ड” भन्नुभयो, तब मेरो बिमारी खुट्टासम्म आयाे र त्यहाँबाट निस्केर गईहाल्याे। यसकारण अहिले म पुर्ण रूपमा स्वास्थ र तन्दुरुस्त भएको छु।”
अर्थात “प्रेज द लर्ड” भन्ने शब्दले पनि बिमारी निकाे हुन्छ। यसकारण प्रभुको प्रशंसा गर्न नछाेडाैँ!
* “प्रेज द लर्ड” काे अर्थ नेपालीमा “प्रभुको स्तुति होस” हुन्छ।
यसकारण लेखिएको छ,
“सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस! हल्लेलूयाह!” [भजनसंग्रह 150:6]
“हल्लेलूयाह! ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्जेल मेरा परमेश्वरको स्तुति गाई नै बस्नेछु।” [भजनसंग्रह 146:1-2]
“परमप्रभुको प्रशंसा गर। परमप्रभुमा धन्यवाद चढ़ाओ, किनकि उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सधैँभरि रहन्छ।” [भजनसंग्रह 106:1]
“कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन,
र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।” [फिलिप्पी 4:6-7]

No comments:
Post a Comment