Thursday, September 7, 2023

अक्सिजन, मुल्य र परमेश्वर





 एक 78 वर्षीय व्यक्ति कुनै कारणले जमिनमा ढले र उनलाई तुरुन्तै अस्पताल लगियो। उनलाई जीवित राख्न 24 घण्टासम्म अक्सिजन दिइयो। 


 केहि समयपछि उनी राम्रो, स्वास्थ्य र निकै बलियो भए। अस्पतालबाट बाहिर निस्कने बेलामा डाक्टरले उसलाई 5 लाखकाे बिल दिए। जब उनले बिल देखे, तब उनी छक्क परे र एक्कासी रुन थाले।

 त्यसपछि डाक्टरले ती वृद्धलाई बिलको कारण नरूनु तर बिस्तारै किस्तामा तिर्न सक्ने भनेर सम्झाए। तर ती वृद्ध व्यक्तिले जवाफ दिए, “म पैसाको कारण रोएको होइन, म याे सबै रकम तिर्न सक्छु, तर म रोइरहेको छु किनकि 24 घण्टा मात्र अक्सिजन प्रयोगको लागि मैले 5 लाख तिर्नुपर्छ, तर म परमेश्वरको हावामा सास फेर्दैछु। 78 वर्षसम्म मैले उहाँलाई केही तिरेको छैन। के तपाईंलाई थाहा छ, उहाँप्रति म कति ऋणी छु?” 


 तब डाक्टरले पनि आफ्नो टाउको तल झुकाए र आँसु झारे।


 अब, तपाई जसले यो पढ्नु भईरहेको छ, परमेश्वरले तपाईंलाई जीवनभरको लागि कुनै मूल्य बिना नि:शुल्क सास फेर्न दिनुहुन्छ।


 के तपाईं आफ्नो समयको 2 सेकेन्ड निकालेर जीवनकाे निम्ति अपरिहार्य अक्सिजन (हावा) दिनुहुने परमेश्वरलाई धन्यवाद दिनसक्नुहुन्छ? “धन्यवाद, परमेश्वर...”


 परमेश्वरले हामीलाई दिनुभएको सबै कुराको लागि उहाँलाई धन्यवाद दिनुहोस। किनकि यदि उहाँ मानिस हुनुभएको भए, उहाँले तपाईंलाई सबै कुराकाे निम्ति मुल्य तिर्न भन्नुहुन्थ्याे।


यसकारण लेखिएको छ,

“तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।” [उत्पत्ति 2:7]


“किनभने परमेश्‍वरका आत्‍माले मलाई सृजनुभयो,  र सर्वशक्तिमानको सासले मलाई जीवन दिन्‍छ।” [अय्यूब 33:4]


“उहाँलाई कुनै थोकको खाँचो परेजस्‍तो गरी मान्‍छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्‍नुहोस। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्‍छ।” [प्रेरित 17:25]


“उहाँले पृथ्‍वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्‍छ,  उहाँले वर्षासित बिजुली पठाउनुहुन्‍छ, र उहाँले आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।” [भजनसंग्रह 135:7, यर्मिया 10:13, 51:16]


अनि यति भनेर उहाँले तिनीहरूमाथि श्‍वास फुकेर भन्‍नुभयो,  “पवित्र आत्‍मा लेओ।” [यूहन्ना 20:22]


Sources :

1.

https://americasbestpics.com/picture/a-78-year-old-man-collapsed-and-was-rushed-to-uTLw47Ao8

2. https://www.google.com/amp/s/ng.opera.news/ng/en/health/amp/93522ae1a8869b8b4026e767db905e5c


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...