Saturday, September 9, 2023

अक्सिजन, नाप र परमेश्वर

 



 यो पृथ्वीको वातावरण ७८.०९% नाइट्रोजन, २०.९५% अक्सिजन र बाँकी अन्य ग्याँसहरू मिलेर बनेको छ। वातावरणमा भएको करिब २१% अक्सिजनको मात्रा एकदमै ठीक छ। यदि यो २५% भएको भए, यो पृथ्वीमा आगलागी हुनेथियो भने यदि यो १५% भएको भए मानवजातिहरू निस्सासिएर मर्नेथियो।





 अचम्मको कुरा त याे छ कि,

याे अक्सिजन केवल मानिसहरू बस्ने क्षेत्रतिर मात्रै बहन्छ। मानव बस्ती भन्दा केही माथि गयाे भने याे अक्सिजन पाईदैन, यसकारण पर्वतारोहीहरू हिमाल चढ्दा अक्सिजनकाे सिलिन्डर बाेकेर जान्छन। र मानव बस्ती भन्दा केही तल गयाे भने पनि याे अक्सिजन पाईदैन, यसकारण कतिपय अवस्थामा ईनार खन्न गएका ब्यक्तिहरू अक्सिजनकाे मात्रा नपुगेर निसास्सीएर मर्छन।


र अझै अचम्मको कुरा याे छ कि,

कुनै पनि प्राणि जीवित रहन नभई नहुने कुराहरू मध्ये प्रमुख चिजमा हावा अर्थात अक्सिजन हाे। र याे अक्सिजन सारा विश्व (Universe) काे एकमात्र ग्रह पृथ्वीमा मात्रै पाईन्छ, यसैकारण जीवन केवल पृथ्वीमा मात्रै छ।


यस्तो किसिमको क्रमबद्धता, नापतौल र व्यवस्थित कुरा कुनै कारण बिना स्वयं उत्पन्न हुन सक्दैन, तर यसले एक बुद्धिमान व्यक्तित्वको माग गर्दछ। जसलाई हामी सृष्टिकर्ता परमेश्वर भन्छाैँ।


* के सृष्टिकर्ताले नै मानिसको निम्ति नापतौल गरेर अक्सिजन राखिदिनु भएको हाेईन र?

 * के सृष्टिकर्ता परमेश्वरले यस पृथ्वीमा मात्रै जीवन दिनुको पछाडि केही महान उद्देश्य र याेजना त छैन?


 सृष्टिकर्ता विना सृष्टिकाे कुनैपनि व्याख्या अधुरो, अपुराे हुनेछ र तर्कसंगत पनि हुनेछैन।


 यसकारण लेखिएको छ,

 आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने!

“किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्‍लाहकार को भएको छ?”

“अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्‍वरले उसलाई फिर्ता दिनुपरोस?”

किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन। उहाँलाई नै सदासर्वदा महिमा होस। आमेन। [रोमी 11:33-36]


 “उहाँ गर्जनुहुँदा आकाशमा पानीहरू गड्याङगुडुरुङ गर्छन्, उहाँले पृथ्‍वीको पल्‍लो छेउदेखि बादलहरू उठाउनुहुन्‍छ। उहाँले वृष्‍टिको साथ बिजुली चम्‍काउनुहुन्‍छ, र आफ्‍ना भण्‍डारहरूदेखि बतास चलाउनुहुन्‍छ।” [यर्मिया 51:16]


 “उहाँलाई कुनै थोकको खाँचो परेजस्‍तो गरी मान्‍छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्‍नुहोस। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्‍छ।” [प्रेरित 17:25]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...