Wednesday, September 6, 2023

तारा, संख्या, नाम र परमेश्वर

 



ताराहरूको सङ्ख्या अरबौं अर्थात गन्न नसकिने छ भनी बाइबलले हामीलाई बताउँछ। बाइबलले यसरी बताउँदा त्यस समयमा कसैलाई पनि ताराहरूको सङ्ख्या अनगिन्ती छ भन्ने ज्ञान थिएन। 


ज्योतिषविज्ञानको आविष्कारकको रूपमा हिप्पार्कसलाई चिनिन्छ। १६१ देखि १२६ ख्रीष्टपूर्व भित्र तिनले ताराहरूको सङ्ख्या १,०८० भएको विवरण तयार पारे। अलेक्ज्याण्ड्रियाका गणितज्ञ टोलेमीले यस गणनालाई स्वीकार गरे। केही नामधारी विद्वानहरूले ताराहरूको सङ्ख्या 9 लाख भएको दाबी गरे।


सत्रौं शताब्दीमा ग्यालिलियो ग्यालिलीले दूरदर्शक यन्त्र (टेलिस्कोप) को आविष्कार नगरेसम्म हिप्पार्कसको सङ्ख्यामा विवाद चलि नै रहयो।


आज हामीलाई थाहा छ कि यस ब्रह्माण्डमा ताराहरूको सङ्ख्या साँच्चै नै अनगिन्ती छ, जुन कुरा बाइबलमा टेलिस्कोपको आविष्कार हुनुभन्दा झण्डै २,१०० वर्ष र त्योभन्दा पहिले ४,००० वर्षअघि नै बताइसकिएको थियो। आकाशमा ताराहरू करडौँ र अरबौँको सङ्ख्यामा अलग-अलग समूहमा रहेका छन। 


ताराहरूका ती अलग-अलग समूहलाई तारापुञ्ज भनिन्छ। हाम्रो आकाशगङ्गा तारापुञ्जमा मात्रै करिब १ सय ५० अरब तारा छन। बीसौं शताब्दीको बीसको दसक अगाडिसम्म आकाशगङ्गाको सीमालाई नै ब्रह्माण्डको रूपमा हेरिन्थ्यो। तर प्रसिद्ध अमेरिकी खगोलविद इडविन पावेल हब्बलले ख्रीष्टाब्द १९२४ मा क्यालिफोर्नियाको पासाडेनास्थित माउण्ट विलशन बेथशालाको १०० इञ्च व्यास भएको परावर्तन गर्न सक्ने टेलिस्कोपबाट आकाशमा आकाशगङ्गाबाहेक अन्य तारापुञ्जहरू पनि छन भन्ने कुरा पत्ता लगाएर खगोलशास्त्रमा नयाँ युगको सुत्रपात गरे। आज हामीलाई थाहा छ यस्ता तारापुञ्जहरू आकाशमा करोडौं र अरबौंको सङ्ख्यामा रहेका छन।


जसले ताराहरूलाई ठिक-ठिक दुरीमा राख्नुभएको छ, जसले ती सबै ताराहरूकाे संख्या जान्नुहुन्छ र जसले ती सबै ताराहरूलाई नामले बाेलाउनुहुन्छ, उहाँ परमेश्वरले तपाईंलाई बिर्सनु भएको छैन र तपाईंको सबै परिस्थिति जान्नुहुन्छ। के तपाईं परमेश्वरमाथि विश्वास र भराेसा गर्नुहुन्छ?

किनकि परमेश्वरले सृष्टिको वास्ता गर्नुहुन्छ। र अझै पनि उहाँले तपाईंको बारेमा अझ गहिरो वास्ता गर्नुहुन्छ।


यसकारण लेखिएको छ,

अनि उहाँले तिनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशतिर हेरेर तारा गन्‍न सक्‍छस कि सक्‍दैनस, गनिहेर।” उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू पनि त्‍यस्‍तै हुनेछन।” [उत्पत्ति 15:5]


“आकाशका तारा गन्‍न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिनेजस्‍तै म मेरो दास दाऊदका सन्‍तान र मेरो सेवा गर्ने लेवीहरूको संख्‍या बढ़ाउनेछु।” [यर्मिया 33:22]


“उहाँले ताराहरूको संख्‍या निश्‍चित गर्नुहुन्‍छ, र एक-एकलाई आ-आफ्‍नो नाउँ दिनुहुन्‍छ।

हाम्रा परमप्रभु महान हुनुहुन्‍छ, सर्वशक्तिमान र सर्वज्ञानी हुनुहुन्‍छ।” [भजनसंग्रह 147:4-5]


“तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन? उहाँले नै होइन र, जसले पुञ्‍जलाई एक-एक गरी ल्‍याउनुहुन्‍छ र प्रत्‍येकलाई नाउँ काढ़ी बोलाउनुहुन्‍छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्‍यको कारण तिनीहरूमध्‍ये एउटै पनि हराउँदैन।” [यशैया 40:26]


“तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ़ी मोलका छौ।” [लूका 12:7]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...