Tuesday, September 5, 2023

गति, मानव अस्तित्व र परमेश्वर

 



हाम्रो पृथ्वी, ग्रहहरू, सुर्य, मिल्क-वे, ग्यालेक्सीहरू तिब्र गतिमा घुमिरहेका छन। यसमा के नयाँ कुरा र अचम्मको छ र ? भनेर मानिसको मनमा आउन सक्छ।


तर याे हाम्रो पृथ्वी र सम्पुर्ण मानव जातिकाे अस्तित्वको निम्ति निम्ति पृथ्वी, ग्रहहरू, सुर्य, मिल्क-वे, ग्यालेक्सीहरूकाे गति र स्थान अति नै महत्त्वपूर्ण छ, जसको विना हाम्रो अस्तित्व असम्भव छ। जस्तैः 


1. यो पृथ्वी एक घण्टामा एक हजार माइलको गतिमा घुमिरहेको छ। दिन प्राय: १२ घण्टा र रात १२ घण्टाको हुनुमा पृथ्वीको यहि गति जिम्मेवार छ। हजार माइलको रफ्तारमा नघुमेर यो पृथ्वी सय माइलको रफ्तारमा घुमेको भए, दिन १२० घण्टा र रात १२० घण्टा लामो हुन्थ्यो। यदि त्यसो भएको भए, यस पृथ्वीमा अन्नपात केही पनि हुने थिएन। १२० घण्टासम्म लागिरहने त्यस टन्टलापुर घामले सबै अन्नपातलाई सुकेको परालझैँ बनाइदिने थियो। १२० घण्टासम्मको चिसोले सबै अन्नपातलाई नष्ट पारिदिन्थ्यो। मानिसको लागि चाहिने खाद्यपदार्थ रहने थिएन। मानिस भोकभोकै मर्नेथियो। यस पृथ्वी पटक्कै बस्न लायकको हुने थिएन।


2. गुरुत्वाकर्षण शक्ति १०(४०) (१० को पछाडि चालीस ओटा सुन्य) भागमा एक भाग मात्रै परिवर्तन भयो भने चन्द्रमा पृथ्वीमा आएर बजारिने थियो। गुरुत्वाकर्षणको शक्ति एकदमै थोरै मात्र वृद्धि हुने हो भने सबै ताराहरू सूर्यभन्दा ठूला हुने थिए। परिणास्वरूप सूर्य तीव्र र अनियमित रूपमा जल्नेथियो र कुनै पनि जीव बाँच्न सक्दैनथ्यो।


3. यस ब्रम्हाण्डमा १०० बिलिअन ताराहरू छन र ती ताराहरूबीच को सालाखाला दुरी ३० ट्रिलिअन माइल छ। अन्तरिक्ष यान आफ्नो कक्षमा हुँदा त्यसले प्रतिघण्टा करिब १७,००० माइल (प्रतिसेकेण्ड करिब ५ माइल) को यात्रा गर्छ। यानमा बसी यहि गतिमा एउटा तारादेखि अर्को तारासम्मको दुरी पार गर्ने हो भने तपाईंलाई २,०१,४५० वर्ष लाग्छ। यी ताराहरूबीच को दुरीमा अलिकति घटबढ हुने हो भने यसका कक्षहरू (ताराहरू कुद्ने बाटो) अव्यवस्थित हुने थिए र पृथ्वीको तापक्रममा अत्यधिक परिवर्तन आउने थियो।


4. प्रकाशको गति प्रतिसेकेण्ड ३,००,००० किलोमिटर छ। यो गतिमा अलिकति घटबढ हुने हो भने पृथ्वीमा जीव हुन सक्ने सम्भावना हुँदैनथ्यो।


5. पृथ्वी र चन्द्रमाको दुरी २ लाख ४० हजार माइल छ। यदि यो दुरी ४० हजार माइल मात्र भइदिएको भए समुद्रमा ज्वारभाटा चलेको बेलामा समुद्र वरिपरिका शहरहरू सबै नै छालद्वारा पुरिने थियो।


6. हाम्रो सौर्यमण्डलमा अहिले ८ ओटा ग्रहहरू छन् (प्लुटोलाई अहिले ग्रह मानिदैन)। यीमध्ये सबैभन्दा ठूलो ग्रहको नाउँ हो बृहस्पती । यो हाम्रो सौर्यमण्डलको पाँचौँ ग्रह हो। यो अहिले जुन कक्षमा घुमिरहेको छ, त्यसमा नघुमेको भए अन्तरिक्ष यानका सामाग्रीहरूले हामीमाथि बम वर्षा गर्ने थियो। बृहस्पतीको गुरुत्वाकर्षणीय क्षेत्रले संसारको भ्याक्युम क्लिनरको रूपमा काम गर्छ। यो यहि कक्षमा नभएको भए छुद्रतारा र पुच्छ्रेताराहरूलाई आफूतिर आकर्षण गरी यी पृथ्वीमा बजारिने थिए।


7. पृथ्वीको २३ डिग्रको ढल्काइ एकदमै ठीक छ। यदि यो ढल्काइमा थोरै परिवर्तन आउने हो भने पृथ्वीको सतहमा तापक्रम अत्यधिक हुने थियो।



यदि ग्रहहरू जुन गतिमा घुम्नुपर्ने हाे, त्याे भन्दा केही कम र केही बढी भएमा, साथै जुन स्थान/दुरीमा रहनुपर्ने हाे, त्याे भन्दा केही कम र केही बढी भएमा याे पृथ्वीमा जीवनकाे अस्तित्व नै समाप्त हुने थियोे। 


सृष्टिकर्ताले पृथ्वीलाई ठिक स्थानमा राख्नुभएको छ। साथै पृथ्वी र अरू सबै ग्रहहरू जुन गतिमा घुम्नुपर्ने हाे, त्यही गतिमा घुमाई रहनुभएको छ, र जुन दुरीमा रहनुपर्ने त्यस दुरीमा राख्नुभएको छ।


यसैले ग्रहहरू, सुर्य, मिल्क-वे, ग्यालेक्सीहरू ठिक स्थानमा र ठिक गतिमा घुमेकाे कारणले पृथ्वीमा मानव अस्तित्व सम्भव भएको हाे।


के यस्तो अचम्मको र अद्भुत कुरा सृष्टि गर्नुहुने परमेश्वरलाई हामी धन्यवाद नदिई चुपचाप बस्न सकाैँला र ?



यसकारण लेखिएको छ,

“पृथ्‍वी मैले नै बनाएको हुँ, र त्‍यसमा मानिसहरूलाई मैले सृष्‍टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्‍यसका सारा तारामण्‍डललाई मैले नै ठीक गरी मिलाएको छु।” [यशैया 45:12]


“हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्‍नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन।” [यर्मिया 32:17]


“तर परमेश्‍वरले नै पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले बनाउनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, र आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो।” [यर्मिया 10:12]


आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने!

“किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्‍लाहकार को भएको छ?”

“अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्‍वरले उसलाई फिर्ता दिनुपरोस?”

किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन।  उहाँलाई नै सदासर्वदा महिमा होस। आमेन। [रोमी 11:33-36]


किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्‍तित्‍व छ।” तपाईंहरूका आफ्‍नै कविहरूले पनि भनेका छन, ‘हामी निश्‍चय उहाँकै सन्‍तान हौं।’ [प्रेरित 17:28]


श्रोत :

पुस्तक - “बाइबल, विज्ञान र परमेश्वर”, कमल अधिकारी, GFA Books, Second Impression 2016, पृष्ठ नं. 107-112


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...