Monday, September 4, 2023

मानिसको चार विनाशकारी शत्रुहरू

 



 1. घमण्ड (Pride)

 जब तपाईं शीर्ष स्थानमा हुनुहुन्छ, तब “घमण्ड” भनिने शत्रुबाट सावधान रहनुहोस।

 किनकि घमण्डले तपाईलाई तपाईको सफलताको स्तरमा पुग्न नसकेका मानिसहरूलाई तल्लो नजरले हेर्न लगाउनेछ।


 2. तीतोपन (Bitterness)

 जब तपाईं तल हुनुहुन्छ, तब “तितोपन” भनिने शत्रुबाट सावधान रहनुहोस।

 किनकि तितोपनले तपाईलाई ईर्ष्यालु बनाउँदछ र सोच्दछ कि तपाईले यो सफलता नपाउनुको कारण अन्य मानिसहरू हुन।


 3. लोभ (Greed)

 जब तपाईं सफलताको बाटोतिर लम्कदै हुनुहुन्छ, तब “लोभ” भनिने शत्रुबाट सावधान रहनुहोस।

 किनकि लोभले तपाईलाई अधीर बनाउँछ र तपाईलाई चोर्न वा छाेँटाे बाटो वा गलत मार्ग अपनाउन बाध्य पार्नेछ।


 4. निराशा (Despair)

 जब तपाईं असफलताकाे बाटोमा हुनुहुन्छ, तब “निराशा” भनिने शत्रुबाट सावधान रहनुहोस।

 किनकि निराशाले तपाईलाई सोच्न बाध्य तुल्याउँछ कि अब सबै समाप्त भयो तर याे सधै याद गर्नुहाेस कि अझै आशा छ।


र अन्तमा, तपाईंको निम्ति याे प्रश्न छ की,

के तपाईंले आफ्नो जीवनकाे यी विनाशकारी शत्रुहरूलाई चिन्नुभएको छ?


यसकारण याकूब 1:2-4 लेखिएको छ,

“मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत-विपत आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।

किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।

धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।”


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...