Monday, September 4, 2023

साँचो ख्रीष्टियन काे हाे ?



साँचो ख्रीष्टियन जीवन यी कुराहरूद्वारा थाहा लाग्दैन। जस्तै;
1. प्रचार गर्नु
2. वचन पाेष्ट गर्नु
3. हरेक दिन वचन लेखेर पठाउनु
4. आराधना गर्नु
5. Comment मा Amen या Praise The LORD लेख्नु
6. सधै मण्डली जानू
7. बाइबल अध्ययन गर्नु
8. प्रार्थना गर्नु
9. धार्मिक कामहरू गर्नु
10. भेटी दिनु, इत्यादि...

यी सबै कुराहरूद्वारा साँचो ख्रीष्टियन जीवन चलिरहेको छ भन्ने कुरा थाहा लाग्दैन ।
यी कामहरूद्वारा पनि हामी धाेखा खान सक्छौँ !

तर यी निम्न कुराहरूद्वारा साँचो ख्रीष्टियन जीवनकाे बारेमा थाहा लाग्छ । जस्तै;
1. मनमा शान्ति भरिएको हुन्छ। (फिलिप्पी 4:7)
2. ऊ फ्नाे जीवनमा सन्तुष्ट हुन्छ, र हरेक कुराकाे लागि प्रभुलाई धन्यवाद दिदँछ। (फिलिप्पी 4:11, 6)
3. उसमा धेरै धीरज र संयम हुन्छ। (गलाती 5:22-23)
4. सम्पूर्ण मनदेखि प्रभु येशू पट्टी फर्केको हुन्छ। (राेमी 10:9)
5. संसारका चीजहरूमा उसको मन हुँदैन, तर उसले संसारका वस्तुहरूलाई फाेहाेर र कसिङ्गर सम्झेर त्याग्नेछ। (फिलिप्पी 3:7-9)

6. निस्वार्थ (अगापे) प्रेमले भरिएको हुन्छ। (1 काेरिन्थी 13:1-8)
7. येशूमाथि पूर्ण विश्वास र भराेसा हुन्छ। (मर्कुस 16:16)
8. आफैलाई सानो बनाउने गुण हुन्छ। (मर्कुस 10:44)
9. नम्र र दीन हुन्छ। (कलस्सी 3:12)
10. सहनशील गुण हुन्छ। (कलस्सी 3:12)

11. धीरज र संयम हुन्छ। (गलाती 5:22-23)
12. क्षमा गर्ने गुण हुन्छ। (कलस्सी 3:13)
13. लडाइँ, झगडा गर्ने छैन। (1 पत्रुस 3:9, 2 तिमाेथी 2:24)
14. वचन अनुसार हिँड्नेछ। (याकुब 1:22)
15. प्रभु येशूलाई आफ्नाे जीवनमा पहिलो स्थान दिनेछ। (मत्ती 22:37)

16. परिवारको चिन्ता गरेर, तिनिहरूलाई वचनमा परमेश्वरसँग बढाउनेछ। (1 तिमाेथी 3:4)
17. प्रार्थना र बाइबल अध्ययनलाई बढी महत्त्व दिनेछ। (प्रेरित 2:42)
18. साँचो हुनेछ, सत्य बाेल्नेछ र सत्यमा चल्नेछ। (भजन 15:2-3)
19. पवित्र आत्माकाे अगुवाइमा हिँड्नेछ। (राेमी 8:1, 14)
20. येशू ख्रीष्टमाथि आश्रित हुनेछ। (फिलिप्पी 4:19)

21. उसको लक्ष्य र मन सफा हुनेछ। (2 पत्रुस 1:10)
22. गिरे तापनि ऊ फेरि उठ्नेछ। (हिताेपदेश 24:16)
23. पवित्र आत्माकाे साथ सम्बन्ध र कुरा हुन्छ। (प्रेरित 1:8)
24. मनमा र मुखमा खराब कुराहरू हुनेछैनन। (मत्ती 5:37)
25. घमण्ड हुँदैन। (कलस्सी 3:12-13)

26. स्वार्थी हुँदैन। (याकुव 3:14-18)
27. लाेभी हुँदैन। (1 युहन्ना 2:15-17)
28. अरूको चिन्ता गर्नेवाला स्वभाव हुन्छ। (प्रेरित 7:60)
29. देखावटी जीवन हुँदैन। (1 पत्रुस 3:3-4)
30. अरूहरूकाे निम्ति प्रार्थना गर्नेछ। (एफेसी 6:18)

31. प्रभुको निम्ति पुरा जीवन समर्पण गरेको हुन्छ। (राेमी 12:1-2)
32. धुम्रपान र मद्यपानदेखि टाढा हुन्छ। (गलाती 5:19-21)
33. अरूलाई गाली गर्नेवाला हुँदैन। (राेमी 12:20)
34. दुई रङ्गी जीवन जीउदैन। (1 पत्रुस 1:22)
35. भाेग बिलासमा हुँदैन। (मत्ती 24:37-39)

36. एक पति या एक पत्नी मात्रै हुनेछ। (1 तिमाेथी 3:2)
37. धाेखा दिनेवाला हुँदैन। (2 तिमाेथी 3:13)
38. उसलाई वचनकाे ज्ञान हुनेछ। (कलस्सी 3:16)
39. अनुग्रह गर्नेवाला हुनेछ। (युहन्ना 1:16)
40. पवित्र जीवन जीउनेछ। (1 पत्रुस 1:16)

र अन्तमा, तपाईंको निम्ति याे प्रश्न छ कि,
के तपाईंसँग एक साँचो ख्रीष्टियनमा हुनुपर्ने गुणहरू छन ?

यसकारण फिलिप्पी 2:5-8 मा लेखिएको छ,
“तिमीहरूमा यस्‍तो मन होस, जो ख्रीष्‍ट येशूमा पनि थियो।
परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।
स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।”

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...