Sunday, September 17, 2023

बादल, ताैल, विज्ञान र परमेश्वर

 



आधुनिक विज्ञानले औसत बादलको तौल 700,000 टन हुन्छ, र औसत मेघ-गर्जन बादलकाे तौल 5,000,000,000 टन हुन्छ भनी पत्ता लगाएको छ।


याे “बादलको पनि तौल हुन्छ” ज्ञान वर्तमान समयमा साधारण भए तापनि, 950 B.C. अर्थात लगभग आज भन्दा 3000 बर्ष पहिले भने याे ज्ञान एक असाधारण र क्रान्तिकारी विचार नै थियो। 


तर बाइबलकाे एक पुस्तक अय्युवमा बादलकाे पनि ताैल हुन्छ भनेर यसरी लेखिएको थियोे,

“उहाँले पानीलाई बादलको थुप्रोमा बन्‍द गरी राख्‍नुहुन्‍छ, तापनि तिनको भार (ताैल) ले मेघहरू फुटेर निस्‍कँदैनन।” [अय्यूब 26:8]

 

अय्युवकाे लेखकले कसरी बादलको पनि तौल हुन्छ भनेर भन्न सके? कल्पना गर्नुहोस त! त्यसको एउटामात्र सहि जवाफ हाे, कि ईश्वरीय प्रेरणाले उनले भन्न सके। यसकारण बाइबल परमेश्वरकाे प्रेरणाले लेखिएको परमेश्वरकाे पवित्र वचन हाे। विज्ञानकाे नयाँ-नयाँ खाेज र अनुसन्धानले बाइबल सत्य छ भनी प्रमाण दिईरहेकाे छ।


यसकारण लेखिएको छ,

“सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस।” [२ तिमोथी 3:16-17]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...