Thursday, August 17, 2023

भौतिक विज्ञान र बाइबल

 



भौतिक विज्ञानको विश्वव्यापी नियमहरू (The Universal Laws of Physics) ले कुनै पनि कुरा बन्न यी चारवटा चिजहरू अनिवार्य चाहिन्छ, भनी भन्छ। जस्तैः

1. समय (Time)

2. ऊर्जा (Energy)

3. ठाउँ (Space)

4. पदार्थ (Matter)


यसकारण बाइबलकाे पहिलो पुस्तककाे पहिलो पदमा यस्तो लेखिएको छ,

“आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो।” [उत्पत्ति 1:1]


आदिमा - समय (Time)

परमेश्वरले - ऊर्जा (Energy) 

आकाश - ठाउँ (Space)

पृथ्वी - पदार्थ (Matter)


* यसकारण भौतिक विज्ञान पनि सत्य छ र बाइबल पनि सत्य छ। यो पत्ता लगाउन विज्ञानलाई शताब्दी लगाएको छ।


एक समय विज्ञानले भन्दथ्याे कि बाइबलमा धेरै अवैज्ञानिक र बेठीक कुराहरू छन तर वास्तबमा बाइबलमा विज्ञानसँग बेमेल हुने कुनै कुराहरू छैनन। यदि कुनै कुराहरू विज्ञानसँग नमिले जस्तो देखिन्छ भने पनि त्यसको कारण विज्ञानकाे उपयुक्त ज्ञानको कमी नै हाे। 


बाइबल परमेश्वरकाे प्रेरणाबाट लेखिएको हाे भन्ने विषयमा दह्रा प्रमाणहरु मध्ये एक प्रमाण चाहिँ बाइबलका पृष्ठहरू भित्र हजारौं बर्षदेखि लुकेर रहेका वैज्ञानिक तथ्यहरू हुन, जुन हालैका शताब्दीहरूमा वैज्ञानिकहरूद्धारा पत्ता लगाइदैछन।


विज्ञानकाे विकास हुँदैछ, बदलिदैछ तर बाइबल कहिल्यै नबदलिने र अचुक छ। त्यसकारण बाइबल परमेश्वरकाे प्रेरणाबाट लेखिएको अचुक र सत्य परमेश्वरकाे वचन हाे।


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...