आज मानिसको सृष्टि कसरी भयाे भन्ने बिषयमा नास्तिक साथै हरेक धर्मका मानिसहरूकाे विचार अलगअलग व्याख्या पाउँछौं। तर बाइबलमा मानिसको उत्पत्ति बारेमा यसरी लेखिएको छ,
“परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयाे...।”
[उत्पत्ति 2:7]
आजकाे याे वैज्ञानिक युगमा मानिसहरूले वैज्ञानिक तवरले प्रमाणित तथ्यहरूमा मात्र आफ्नाे विश्वास राख्न खाेज्दछन। एक समय विज्ञानले भन्दथ्याे कि बाइबलमा धेरै अवैज्ञानिक र बेठीक कुराहरू छन तर वास्तबमा बाइबलमा विज्ञानसँग बेमेल हुने कुनै कुराहरू छैनन। यदि कुनै कुराहरू विज्ञानसँग नमिले जस्तो देखिन्छ भने पनि त्यसको कारण विज्ञानकाे उपयुक्त ज्ञानको कमी नै हाे।
आधुनिक विज्ञानकाे एउटा शाखा जीव रासायन शास्त्र (Bio-Chemistry) ले मानिसको बारेमा निकै सुक्ष्म तरिकाले अध्ययन गर्न सफल भएको छ र यसले मानिस माटोबाटै भएको सत्य प्रमाणित गरिदिएको छ। पृथ्वीकाे माटाे र मानिसकाे शरीरमा असामान्य समानता भएको पाइन्छ।
मानिसको शरीर यी तत्वहरू जस्तैः अक्सिजन, सिलिकन, आल्माेनियम, फलाम, क्याल्सियम, म्याग्नेसियम, साेडियम, पाेटासियम, कार्बन, हाइड्रोजन, सल्फर, फस्फाेरस, नाइट्राेजन, र अरू खनिज लवनहरूले बनेका हुन्छन भनी जीव रासायन शास्त्रले पत्ता लगाएकाे छ। यसरी जीव रासायन शास्त्र (Bio-Chemistry) ले जुन तत्वहरू शरीरमा पाईन्छन, तिनै तत्वहरू मानिसकाे माटाेमा पनि पाइन्छन भनेर निष्कर्ष निकालेकाे छ।
यतिमात्रै हाेईन तर बाइबलमा मृत्युपछि मानव शरीरलाई ब्याक्टेरियाले ल्याउने विच्छेदन क्रीयालाई पनि उल्लेख गरिसकेको थियोे। जब मरेकाे शरीरलाई गाडिन्छ, माटाेमा हुने ब्याक्टेरिया, फन्जाई जस्ता सुक्ष्म जिवाणुहरूले शरीरलाई विच्छेदन गर्दछन र यसका तत्वहरू माटोमा मिल्दछन। वास्तवमा शरीर नै माटाे बन्दछ।
“माटैबाट तँ निकालिएको थिइस। तँ माटै होस र माटैमा फर्किजानेछस ।” [उत्पत्ति 3:19]
याे पदले ब्याक्टेरियाले ल्याउने विच्छेदन क्रीयालाई जनाउँछ जुनकि यसलाई उन्नाइसौं शताब्दीमा मात्र पत्ता लगाइएको थियाे। यसरी आधुनिक विज्ञानले पनि बाइबलकाे वचन सत्य छ भनी प्रमाणित गरिदिएको छ।

No comments:
Post a Comment