Thursday, August 17, 2023

शिक्षक, विद्यार्थी, परमेश्वर र विज्ञान

 


 शिक्षक : “तिम्रो परमेश्वर कहाँ छ?”
 विद्यार्थी : “हाम्रो परमेश्वर स्वर्गमा हुनुहुन्छ।”

 शिक्षक : “के तिमी आफ्नो परमेश्वरलाई देख्न सक्छौ?”
 विद्यार्थी : “सक्दैन।”

 शिक्षक : “के तिमी आफ्नो परमेश्वरलाई छुन सक्छौ?”
 विद्यार्थी : “सक्दैन।”

 शिक्षक : “त्यसो भए परमेश्वर छैन।
 विज्ञानले यो प्रमाणित गरेको छ... कि हामीले देख्न वा छुन नसक्ने कुनै पनि चीजकाे अस्तित्व छैन। यसैले परमेश्वर पनि छैन!”

 केही समय कक्षाका सबै विद्यार्थीहरू शान्त भएपछि ती बिद्यार्थीले साहसकाे साथमा पुनः प्रतिप्रश्न गर्दछन,

 विद्यार्थी : “सर, मलाई माफ गर्नुहोस, तपाईंलाई कसरी थाहा भयो कि परमेश्वर हुनुहुन्न?”
 शिक्षक : “सामान्य बुझाइ! मेरो स्व विवेक प्रयोग गरेर मैले थाहा पाएँ।”

 विद्यार्थी : “तपाईंको विवेक कहाँ छ?”
 शिक्षक : आफ्नो टाउको देखाउँदै, “मेरो विवेक यहाँ माथि छ।”

 विद्यार्थी : “के तपाईं आफ्नो विवेक देख्न सक्नुहुन्छ?”
 शिक्षक : “सक्दैन।”

 विद्यार्थी : “के तपाईं आफ्नो विवेक छुन सक्नुहुन्छ?”
 शिक्षक : “सक्दैन।”

 विद्यार्थी : “यसको मतलब तपाईंको तर्कको पनि कुनै अर्थ नै छैन।किनभने, विज्ञान अनुसार तपाईंले देख्न वा छुन नसक्ने कुनै पनि कुराको अस्तित्व हुँदैन। त्यसोभए, तपाईंसँग पनि कुनै विवेक नै छैन!”


तब विद्यार्थीकाे याे जवाफ सुनेर शिक्षक अचम्ममा परे र आफुले दिएको तर्कदेखि लज्जित भए।


संसारमा देख्न र छुन नसक्ने अनगिन्ती कुराहरू अस्तित्वमा छन। जस्तैः हावा, गुरूत्वाकर्षण बल, समय, एटाेम्स, विजुली, प्रेम, भावना, विश्वास, विवेक, नैतिक गुणहरू, विचारहरू, स्वतन्त्र इच्छाशक्ति ईत्यादी।

मानिसको निम्ति देख्न र छुन सक्ने जति महत्त्वपूर्ण छ, त्याे भन्दा पनि बढी महत्त्वपूर्ण देख्न र छुन नसक्ने कुराहरू छन, जसको विना हाम्रो अस्तित्व असम्भव छ। यसैले सृष्टिकर्ताकाे अस्तित्व छैन भन्दै गरिने सबै बहस तथा तर्कहरू व्यर्थ र बुद्धिहिन छन।

तर्क नै गर्नु हो भने “परमेश्वर हुनुहुन्छ” भनी तर्क गर्नु सजिलो छ। “परमेश्वर हुनुहुन्छ” भनी विश्वास गर्नुचाहिँ, “हुनुहुन्न” भनी विश्वास गर्नुभन्दा सजिलो हुन्छ। जसले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छ उ भाग्यमानी मानिस हो। तर झन सत्य परमेश्वरलाई विश्वास गर्ने मानिस त धन्य हो।

यसकारण लेखिएको छ,
“विश्‍वासद्वारा हामी बुझ्‍दछौं कि सारा विश्‍व परमेश्‍वरको वचनद्वारा सृष्‍टि भयो, र जो दृश्‍य छ त्‍यो अदृश्‍य कुराबाट बन्‍यो।” [हिब्रू 11:3]

“किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन।” [कलस्सी 1:16]

“आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन।” [भजनसंग्रह 19:1-2]

“परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ।
उहाँको अदृश्‍य गुण, अर्थात उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।” [रोमी 1:19-20]

मूर्खले आफ्‍नो मनमा भन्‍छ, “ईश्‍वर छँदैछैन।” [भजनसंग्रह 14:1]

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...