केही विद्वान व्यक्तिहरूकाे अनुभव यस्तो छ,
1. “हे परमेश्वर, तपाईंले हामीलाई तपाईंकै निम्ति बनाउनुभयाे र हाम्रो आत्मा तबसम्म अशान्ति रहनेछ, जबसम्म त्यसले तपाईंमा विश्राम लिनेछैन।” - सन्त अगस्टिन
2. “प्रत्येक मानिसको हृदयमा परमेश्वरको आकारको खाली ठाउँ हुन्छ, जुन कुनै पनि सृष्टिले भर्न सक्दैन, तर केवल परमेश्वर, सृष्टिकर्ताले, जाे येशू मार्फत प्रकट गर्नुभयो।” - ब्लेज पास्कल
3. “मानिस परमेश्वरको स्वरूपमा बनाइएको थियो, र परमेश्वर बाहेक अरू कुनै कुराले मानिसलाई सन्तुष्ट पार्न सक्दैन, जसको स्वरूपमा ऊ बनाइएको थियो।” - चार्ल्स स्पर्जन
4. “तपाईंको हृदय असीम ठूलो प्वाल जस्तै छ, र केवल परमेश्वरले मात्र यसलाई भर्न पर्याप्त हुनुहुन्छ।” - पीटर क्रिफ्ट
5. “मानव हृदयको अन्तिम दर्दनाक अगाध खाडललाई सन्तुष्ट पार्न सक्ने एक मात्र अस्तित्व छ, र त्यो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।” - ओसवाल्ड चेम्बर्स
* यदि तपाईंको हृदय पनि असन्तुष्ट छ भने त्यहाँ सृष्टिकर्ता परमेश्वरलाई राख्ने समय आईसकेकाे छ।
यसकारण लेखिएको छ,
“उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन।”
[उपदेशक 3:11]
.jpg)
No comments:
Post a Comment