Friday, August 4, 2023

परमेश्वरको बारेमा सत्यता

 


1. परमेश्वरले सारा विश्वलाई नियन्त्रण गर्नुहुन्छ।
2. परमेश्वरले आफ्नो सिद्ध उद्देश्य अनुसार काम गरिरहनुभएको छ।
3. परमेश्वर मेरो नाेकर हुनुहुन्न।
4. परमेश्वरका मार्गहरू मैले बुझ्न सक्नेभन्दा धेरै रहस्यमय र अद्भुत छन।
5. परमेश्वर सबै समय असल हुनुहुन्छ, यसैकारण सबै समय म उहाँमा भरोसा गर्न सक्छु।
6. परमेश्वरको समय तालिका मेरो जस्ताे छैन।
7. मैले “के गर्छु” भन्दा म “के बन्छु” भन्ने कुरामा परमेश्वरले धेरै चासो राख्नुहुन्छ।
8. दु:ख र कष्टबाट मुक्ति ख्रीष्टियन सुसमाचारको प्रतिज्ञाको अंश होइन, तर दु:ख र कष्ट ख्रीष्टियन जीवनको अभिन्न अंग हो।
9. परमेश्वरले ममा उहाँको उद्देश्य पूरा गर्नको लागि दु:ख र कष्टको माध्यमबाट काम गर्नुहुन्छ।
10. मेरो होइन तर परमेश्वरका उद्देश्यहरू, उहाँलाई महिमा ल्याउने उद्देश्यहरू हुन।
11. परमेश्वरले मलाई उहाँको वचन बाइबल मार्फत उहाँका भविष्यका याेजनाहरू र प्रबन्धहरू बुझ्न सक्षम बनाउनुहुन्छ।
12. मसँग परमेश्वरको मार्गका अचम्मका कुराहरू पत्ता लगाउनुमा ठूलो आनन्द छ।

र अन्तमा, तपाईंको निम्ति याे प्रश्न छ कि,
के तपाईंले यस्तो अद्भुत परमेश्वरसँग सम्बन्ध बनाउनुभएको छ ?

यसकारण रोमी 11 अध्यायकाे 33 देखि 36 पदमा लेखिएको छ,
“आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने!
‘किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्‍लाहकार को भएको छ?’
‘अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्‍वरले उसलाई फिर्ता दिनुपरोस?’
किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन।  उहाँलाई नै सदासर्वदा महिमा होस। आमेन।”
- जोन फ्लेवल

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...