1. पापीहरूले मृत्युको समयमा परमेश्वरलाई याद गर्दछन ।
2. चोरहरूले समातिएपछि परमेश्वरलाई याद गर्दछन ।
3. गरिबहरूले भोककाे समयमा परमेश्वरलाई याद गर्दछन ।
4. धनीहरूले बिरामी अवस्थामा परमेश्वरलाई याद गर्दछन ।
5. कन्जुसहरूले पैसा गुमाउँदा परमेश्वरलाई याद गर्दछन ।
6. किसानहरूले पानी नपर्दा परमेश्वरलाई याद गर्दछन ।
7. यात्रुहरूले गाडी छुटाउँदा परमेश्वरलाई याद गर्दछन ।
8. व्यापारीहरूले घाटा भएको अवस्थामा परमेश्वरलाई याद गर्दछन ।
9. विद्यार्थीहरूले परीक्षाफलको समयमा परमेश्वरलाई याद गर्दछन ।
10. राजनीतिज्ञहरूले चुनाव हारेपछि परमेश्वरलाई याद गर्दछन ।
11. अधिकृतहरूले घुस लिँदै गर्दा पक्राउ परेपछि परमेश्वरलाई याद गर्दछन ।
12. तर धर्मी जनहरूले परमेश्वरलाई सधैं याद गर्दछन ।
र अन्तमा, तपाईंको निम्ति याे प्रश्न छ कि,
तपाईंले परमेश्वरलाई कहिले-कहिले याद गर्नुहुन्छ?
यसकारण उपदेशक 12:1 मा लेखिएको छ,
“दु:खको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नेछौ, ‘यस समयमा मेरो मन लाग्दैन’, ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर।”

No comments:
Post a Comment