Wednesday, August 16, 2023

तपाईंले झ्यालबाट के देख्दै हुनुहुन्छ ?

 



तीन जना पास्टरहरू डि. एल. मुडीकाे सुसमाचार प्रचारकाे सफल सेवकाई देखेर जलन गरे।


याे कुरा थाहा पाएपछि एकदिन डि. एल. मुडीले ती तीन पास्टरहरूलाई निम्ताे दिएर बाेलाए, ताकि उनले तिनीहरूलाई आफ्नाे सफल सुसमाचार प्रचारकाे सेवकाईकाे रहस्य बताउन सकुन।


उनको एक प्रचारबाट हजारौं-हजार मानिसहरू येशू ख्रीष्टमाथि विश्वास गर्थे।


जब उनीहरू भेट भए, तब डि. एल. मुडीले ती पास्टरहरूलाई भने, “मेरा प्रीय सहकर्मीहरू, मैले तपाईंहरूलाई केही कुरा भन्नुभन्दा पहिले केही कुरा देखाउन चाहान्छु।”


त्यसपछि उनले आफू बसिरहेको हाेटेलकाे झ्यालबाट तल बाटोमा हिँडिरहेका मानिसहरूकाे भिडतिर देखाउँदै भने, “मेरा प्रीय सहकर्मीहरू, तपाईंहरू याे झ्यालबाट तल के देख्नुहुन्छ?”


एक पास्टरले भने, “म सुन्दर रूखहरू देख्छु।”


दाेस्राे पास्टरले भने, “म सुन्दर बगैंचामा सुन्दर बच्चाहरू खेलिरहेको देख्छु।”


तेस्रो पास्टरले भने, “म व्यापारीहरूले व्यापार गरिरहेकाे देख्छु।”


ती पास्टरहरूले डि. एल. मुडी तर्फ हेरे, तब उनकाे आँखाबाट आँसुकाे थाेपाहरू झर्दै थिए। तिनीहरूले उनलाई साेधे, “डि. एल. मुडी तपाईंले झ्यालबाट के देख्दै हुनुहुन्छ?”


डि. एल. मुडीले भने, “म हजारौं-हजारौं आत्माहरूले मेरो उद्दारकर्ता येशू ख्रीष्टलाई नचिनेर सधैंको लागि नरककाे आगाेमा गईरहेकाे देखिरहेको छु।”


मेरा प्रीय दाजुभाइ तथा दिदीबहिनीहरू, जब तपाईंले व्यस्त सडकमा मानिसहरूकाे भिड तिर हेर्दा के देख्नुहुन्छ?


* के तपाईंले डि. एल. मुडीकाे सुसमाचार प्रचारकाे सफल सेवकाईकाे रहस्य बुझ्नुभयाे ?


परमेश्वरले तपाईंको आत्मिक आँखा र समझ खाेलिदिनुभएको हाेस, ताकि तपाईंले तपाईंकाे काम र कर्तव्य बुझ्न सक्नुभएकाे हाेस!


यसकारण लेखिएको छ,

“पूर्ण नम्रतामा आँसु बगाउँदै, यहूदी षड्यन्‍त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें।

यसकारण यो सम्‍झेर होशियार हुनुहोस, कि तीन वर्षसम्‍म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें।” [प्रेरित 20:19,31]


“येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुनेलाई उहाँले बड़ो क्रन्‍दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्‍नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।” [हिब्रू 5:7]


“मेरो प्रजाको सर्वनाश देखेर मेरो आँखाबाट आँसुको धारा बग्‍छ।

मेरा आँखाबाट विनाविश्राम आँसु निरन्‍तर बगिरहनेछ।” [विलाप 3:48-49]


“तर तिमीहरूले ध्‍यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्‍डको कारण म गुप्‍तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्‍नेछ।” [यर्मिया 13:17]


“मेरो शिर पानीको मूल र मेरो आँखा आँसुको फुहारा भए त, मेरो प्रजाका मारिएकाहरूका निम्‍ति म रातदिन रुनेथिएँ।” [यर्मिया 9:1]


“आँसुको साथमा छर्नेहरूले आनन्‍दका गीत गाउँदै कटनी गर्नेछन।” [भजनसंग्रह 126:5]


“म भागी-भागी हिँड़ेको हिसाब तपाईंले लिनुभएको छ; मेरा आँसुहरू तपाईंले आफ्ना सिसीमा हाल्नुहोस; के ती तपाईंको पुस्तकमा छैनन?” [भजनसंग्रह 56:8] (KJV)


“पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्‍ट नहोस्‌ भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बीचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ।” [इजकिएल 22:30]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...