Tuesday, August 15, 2023

समाज





1. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ परमेश्वरकाे सिद्ध इच्छालाई भन्दा,

    मानिसको विचारलाई महत्त्व दिईन्छ !


2. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ सत्यतालाई भन्दा,

   असत्यतालाई महत्त्व दिईन्छ !


3. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ परमेश्वरकाे आदेशलाई भन्दा,

    मानिसले स्थापना गरेको परम्परालाई महत्त्व दिईन्छ !


4. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ परमेश्वरमाथि हाेईन,

    तर धन, बल र ज्ञानमाथि भराेसा गरिन्छ !


5. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ आत्मिकतालाई हाेईन,

    तर शारीरिक, भाैतिक र जातीय याेग्यतालाई महत्त्वकाे साथ हेरिन्छ !


6. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ आफ्नाे स्वार्थ पूरा गराउनकाे लागि,

   चाँखे थापेर बसिन्छ !


7. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ परमेश्वरमाथि भराेसा गर्न छाेडेर,

    आफ्नाे माग पूरा गर्न सरकारसँग धर्ना र र्‍याली गरिन्छ !


8. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ परमेश्वरलाई महिमा/प्रशंसा दिनुकाे सट्टा,

    नाशवान मानिसहरूकाे महिमा/प्रशंसा गरिन्छ !


9. चाहिएन मलाई तिम्रो समाज,

    जहाँ आत्मिक उन्नति हुनुको साटो,

    आत्मिक फुट र पतन हुँदै गइरहेको छ !


10. चाहिएन मलाई तिम्रो समाज,

      किनकि मलाई सृष्टि अघि नै चुन्नुहुने र आफ्नाे बहुमुल्य रगतले किन्नुहुने

      प्रभु येशू ख्रीष्ट मेराे साथमा हुनुहुन्छ !


11. चाहिएन मलाई तिम्रो समाज,

      किनकि म, कुनै मानिसले बनाएको मण्डलीमा हाेईन,

     तर स्वयम येशूले चट्टानमाथि बनाउनुभएको मण्डलीसँग जाेडिएकाे छु !


12. चाहिएन मलाई तिम्रो समाज,

      किनकि परमेश्वर स्वयमले मलाई आफ्नाे हातमा लिएर,

      अनन्तकालिन राज्यको हकदार हुनकाे निम्ति तैयार पार्दै हुनुहुन्छ !


* आ-आफ्ना कमजोरीहरूलाई पहिचान गरेर, आफ्नाे समाज र आफ्नाे मण्डलीलाई सुधार गराैँ !


#समाज #ख्रीष्टियन #मण्डली #तिताे #सत्य


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...