Wednesday, August 2, 2023

विकासवादी वैज्ञानिक र परमेश्वरकाे माटो

 



एकपटक परमेश्वर स्वर्गमा विराजमान हुनुहुन्थ्यो, तब एक विकासवादी वैज्ञानिकले उहाँलाई भन्छन,

“परमेश्वर, अब हामीलाई तपाईंको आवश्यकता छैन। विज्ञानले अन्ततः शून्यबाट जीवन सिर्जना गर्ने तरिका पत्ता लगाएको छ। अर्को शब्दमा भन्नुपर्दा, तपाईंले ‘सुरुमा’ गरेको काम अब हामी पनि गर्न सक्छौं।”

परमेश्वरले जवाफ दिनुभयो,

“ओह, त्यसो हो? याे कसरी सम्भव छ, मलाई भन।”

वैज्ञानिक भन्छन,

“हामीले भूमिको माटो लिन्छौं र त्यसलाई तपाईंको प्रतिरूपमा बनाउन सक्छौं, र त्यसमा जीवनकाे सास पनि हाल्नेछौ, यसरी मानिस सृजना गर्न सक्छौं।”

फेरि परमेश्वरले भन्नुभयो,

“ठीक छ, यो रोचक छ। अब मलाई गरेर देखाऊ।”

त्यसैले ती वैज्ञानिकले पृथ्वीमा झुकेर माटोलाई हातमा लिएर मानिस बनाउन थाल्छन।

तब परमेश्वरले वैज्ञानिकलाई राेकेर भन्नुभयो,

“अहँ, होइन, होइन... तिमीले आफ्नै माटो लिएर बनाऊँ।”

तब ती विकासवादी वैज्ञानिक आफ्नो मुर्खता देखेर परमेश्वरकाे अघि निकै लज्जित भए।

* बैज्ञानिक र परमेश्वरकाे बिचमा महत्त्वपूर्ण फरक भनेको याे हाे कि परमेश्वरले सृष्टि गर्नुहुन्छ र बैज्ञानिकले पत्ता लगाउँछन।

यसकारण लेखिएको छ,
“आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो।” [उत्पत्ति 1:1]

“आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ।
हरेक दिन तिनीहरूले वार्तालाप गर्छन, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन।” [भजनसंग्रह 19:1-2]

“आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।
सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन” [यूहन्ना 1:1-3]

“...जुन परमेश्‍वरमाथि अब्राहामले विश्‍वास गरे, उहाँको दृष्‍टिमा उनी हामी सबैका पिता हुन। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्‍छ, र अस्‍तित्‍वमा नभएका थोकहरूलाई बोलाई अस्‍तित्‍वमा ल्‍याउनुहुन्‍छ।” [रोमी 4:17]

“हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।” [प्रकाश 4:11]

Sources :
1. https://www.preparingforeternity.com/godsdirt.htm
2. https://hisvoiceonline.com/god-creates-and-science-discovers/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...