एकपटक एकजना अपराधीले न्यायकाे लागि अदालतमा खडा गरियो।
तर त्यो अपराधीमा कुनै चिन्ताको भाव नै थिएन।
जब न्यायाधीशले न्याय सुनाए, तब ती अपराधीले गाेजीबाट राजाको क्षमा पत्र देखाए।
सम्पूर्ण मानव जाती पापी छ, त्याे पापकाे एकदिन न्याय हुनेछ। जसले येशू ख्रीष्टकाे बलिदानमाथि विश्वास गरेको छ, त्यसलाई राजाको क्षमा पत्र मिल्नेछ। जसले न्यायकाे दिनकाे समयमा उसलाई बचाउनेछ।
* के तपाईंले त्याे क्षमा पत्र पाउनुभयो ?
यसकारण लेखिएको छ,
“किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।” [रोमी 6:23]
“यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।” [१ यूहन्ना 1:9]
“विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।” [मर्कुस 16:16]
“साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ।” [यूहन्ना 5:24]

No comments:
Post a Comment