मेरो स्कूलको समयमा, मेरो एक शिक्षक हुनुहुन्थ्यो, जो अनुशासनमा धेरै कडा हुनुहुन्थ्यो। उहाँ विद्यालयमा प्रवेश गर्दा सबैभन्दा पहिले उभिरहेका विद्यार्थीहरूलाई हेर्नुहुन्थ्याे। उहाँले सबैलाई सीधा उभेकाे चाहानुहुन्थ्याे, टेबुलमा झुक्न वा खुट्टा खुम्च्याउनु अनुमति थिएन। यो कुरा पक्का गरेपछि मात्र उहाँले हामीलाई बस्न भन्नुहुन्थ्याे।
उहाँ एक अनुशासन पालन गराउने मानिस हुनुहुन्थ्यो। उहाँको शिक्षा वा नियमहरूमा केही गलत थिएन। नियमहरू यस्तै कडा नै हुन्छन।
केही वर्षपछि भेट्दा उहाँ रिटायर भईसक्नु भएको थियोे। उहाँ यति दयालु, मिलनसार हुनुहुन्थ्यो कि उहाँले मलाई उहाँसँग भाेजन गर्न आमन्त्रित गर्नुभयो। उहाँ अहिले पनि दृढ हुनुहुन्थ्यो, तर साथमा दयालु पनि हुनुहुन्थ्यो। म “व्यवस्थाकाे शिक्षक” बाट छुटकारा पाउँदा खुसी थिएँ, र उहाँमा एक “मित्र” भेट्टाउन पाउँदा अझ खुसी थिएँ।
हामी “व्यवस्थाकाे शिक्षक” बाट भएर जान आवश्यक थियो, ताकि हामीले येशू ख्रीष्टमा एक “मित्र” पाउन सकाैँ।
* के तपाईंले व्यवस्थाकाे शिक्षक (कानुन) बाट छुटकारा पाएर येशू ख्रीष्टमा एक मित्र (अनुग्रह) पाउनुभयाे ?
यसकारण लेखिएको छ,
“हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन! यदि व्यवस्था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर्” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउनेथिइनँ। तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्पन्न गरायो। व्यवस्थाविना त पाप मुर्दातुल्य हो।
व्यवस्थाविना रहँदा एक पल्ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागिउठ्यो, र मचाहिँ मरें। जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो। किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो, र त्यसैद्वारा मलाई मार्यो। व्यवस्था पवित्र छ, र आज्ञा पवित्र, न्यायसङ्गत र असल छ।” [रोमी 7:7-12]
“किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।” [रोमी 6:14]
“किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।” [यूहन्ना 1:17]
“विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दिइयो।” [गलाती 3:24]

No comments:
Post a Comment