परमेश्वर माथि हुनुहुन्छ, तर उहाँ घमण्डले फुल्नुभएको छैन।
परमेश्वर तल हुनुहुन्छ, तर उहाँ थिचिनुभएको छैन।
परमेश्वर बाहिर हुनुहुन्छ, तर उहाँ बहिष्कृत हुनुभएको छैन।
परमेश्वर भित्र हुनुहुन्छ, तर उहाँ सिमित हुनुहुन्न।
परमेश्वर सबै कुराहरू भन्दा माथि रहेर शासन गर्नुहुन्छ।
परमेश्वर सबै कुराहरू मुनि रहेर सम्हाल्नुहुन्छ।
परमेश्वर सबै कुराहरू भन्दा बाहिर रहेर अंगाल्नुहुन्छ।
परमेश्वर सबै कुराहरू भित्र रहेर आफ्नो याेजना पूरा गर्नुहुन्छ।
र अन्तमा तपाईंकाे निम्ति याे प्रश्न छ कि,
के तपाईंले त्याे परमेश्वरलाई भेट्टाउनू भयाे ?
यसकारण यशैया 55:6 मा लेखिएको छ...
“जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।”
यर्मिया 29:13 मा लेखिएको छ...
“जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।”

No comments:
Post a Comment