के तपाईलाई थाहा छ, कि याकूबका 12 छोराहरूकाे नाम येशू ख्रीष्टकाे बारेमा गरिएको भबिस्यबाणी थियोे।
याकूबका बाह्र छोराहरू थिए (उत्पत्ति 29:31-30:24, 35:16-18)। तिनीहरूको नामहरूद्वारा प्रकट गरिएको लुकेको सुसमाचार हो। यो अचम्मको छ कि कसरी परमेश्वरले यी सबै अद्भुत सत्यहरूलाई साधारण नाम र घटनाहरूमा लुकाउनुभयो। यहाँ याकूबका बाह्र छोराहरूका नामहरू र तिनीहरूको अर्थहरू छन,
1. रूबेन - “हेर, हाम्रो लागि एउटा पुत्र जन्मिएको छ”
2. शिमियोन - “एक जसले सुन्नुहुन्छ”
3. लेवी - “जोडिनु”
4. यहूदा - “परमप्रभुको प्रशंसा गर”
5. दान - “उहाँले न्याय गर्नुभयो”
6. नप्ताली - “मेरो संघर्ष”
7. गाद - “अवसर”
8. आशेर - “खुशी”
9. इस्साखार - “इनाम”
10. जबूलून - “सम्मान”
11. योसेफ - “मेरो परिवारमा थप्नु”
12. बेन्यामीन - “धार्मिकताको छोरा”
याकूबका 12 छोराहरूकाे नामलाई एकसाथ जाेडेर हेर्दा येशू ख्रीष्टको बारेमा गरिएको भबिस्यबाणी थियाे,
“हेर, हाम्रो लागि एउटा पुत्र जन्मिएको छ; जसले हामीलाई सुन्नुहुन्छ र जो हामीसँग जोडिनु भएको छ; प्रभुको प्रशंसा गर; उहाँले हाम्रो संघर्षको न्याय गर्नुभयो र हामीलाई राम्रो अवसर, खुशी, इनाम, सम्मान ल्याउनुभयो; उहाँले हामीलाई आफ्नो परिवारमा थप्नुभयो र हामीलाई धार्मिकताका छोराहरू भन्नुभयो।”
याे रहस्यले मलाई अचम्मित पार्याे। येशू ख्रीष्ट उपदेशहरूमा उल्लेख गरिएको नाम मात्र होइन, उहाँ सम्पूर्ण बाइबलको सामग्री, सन्दर्भ, पाठ, अनुच्छेद, टिप्पणी, चिन्ह र रूपरेखा हुनुहुन्छ। आहा! हाम्रो परमेश्वर कति अचम्मको हुनुहुन्छ।
त्यसैले काममा र घरमा दिनको समयमा र सम्भव भएसम्म हरेक समय प्रभुसँग कुरा गर्ने बानी बसाल्नुहाेस। मद्दतको लागि, प्रकाशको लागि, शक्तिको लागि, ज्ञानको लागि उहाँलाई निरन्तर बिन्ती गर्नुहोस। प्रत्येक सास प्रार्थना होस, ताकि परमेश्वर तपाईंको दिनको हरेक भाग वा प्रत्येक घण्टामा साथ हुन सक्नुभएकाे हाेस। आमेन!
यसकारण लेखिएको छ,
“प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन। तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन।” [व्यवस्था 29:29]
“मलाई पुकार, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु।” [यर्मिया 33:3]
“कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ।” [हितोपदेश 25:2]
* दिना - न्याय वा फैसला


No comments:
Post a Comment