1. परमेश्वरले नै व्यवस्थालाई लेख्नुभयो।
“ती पाटीहरू परमेश्वरका काम थिए। तिनका लेखोट परमेश्वरद्वारा खोपेर लेखिएका थिए।” (प्रस्थान ३२:१६)
2. व्यवस्था अनन्त छन, यसको मतलब तिनीहरू परिवर्तन हुनेछैनन वा मेटिने छैनन।
“म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्केको वचन बद्लनेछैनँ।” (भजन ८९:३४)
3. व्यवस्था सिद्ध छन।
“परमप्रभुको व्यवस्था सिद्ध छ...।” (भजन १९:७)
यदि तिनीहरू सिद्ध थिए भने, तिनीहरूको कार्य वा उद्देश्य परिवर्तन गर्न आवश्यक छ?
4. यदि हामीले व्यवस्थालाई तोड्यौं भने हामी मर्नेछौं।
“मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ।” (हिब्रू १०:२८)(याकूब २:१०)
5. व्यवस्थालाई आज्ञापालन गर्नु हाम्रो काम हो।
“अब सबै कुरा सुनिएका छन– कुराको निष्कर्ष यही हो। परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो।” (उपदेशक १२:१३)
6. व्यवस्थालाई तोड्नु अझै पनि गलत छ।
“पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो।” (१ यूहन्ना ३:४)
7. मानवतालाई अझै पनि व्यवस्थाहरूको आवश्यकता छ।
“हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन! यदि व्यवस्था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउनेथिइनँ।” (रोमी ७:७)
8. व्यवस्थाको आज्ञापालन गर्नु अझै पनि वफादारीको चिन्ह हो।
“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।” (यूहन्ना १४:१५)
9. तिनीहरू अझै अनन्त छन।
“तर व्यवस्थाबाट एक मात्रा मेटिनभन्दा स्वर्ग र पृथ्वी टलिजान सजिलो छ।” (लूका १६:१७)
येशूले व्यवस्थालाई उच्च पार्नुभयो! परमेश्वरले आफ्नो आवाजले व्यवस्था स्थापित गर्नुभयो; के तिनीहरूलाई हटाउन येशूको आवाज चाहिन्छ?
10. तिनीहरू अझै पनि सिद्ध छन। येशूले तिनीहरूको कुनै पनि भाग परिवर्तन गर्नुभएन।
“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।
किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।” (मत्ती ५:१७, १८)
केही मण्डलीहरूले यी वचनहरू लिएर हामीले अहिले पनि व्यवस्था पुर्ण रूपमा पालन गर्नुपर्छ भनेर दाबी गर्छन। हाे, हामीले व्यवस्था पालन गर्नुपर्दछ, यसमा कुनै शंका छैन। तर तिनीहरू परमेश्वरले व्यवस्था दिनुकाे उद्देश्य र लक्ष्य बुझ्न चुकेका छन। पुरानो करारकाे व्यवस्था र नयाँ करारको व्यवस्था बिचकाे भिन्नताहरू बुझेका छैनन।
“तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ।” [मत्ती 22:29]
मण्डली भित्र कुन व्यवस्था पालन गर्ने र कुन व्यवस्था पूरा भईसकेको कारणले पालन गर्नु पर्दैन भनेर छुट्टाउन नसक्नुकाे मुख्य कारण परमेश्वरकाे वचनलाई ठीक-ठीकसँग विभाजन गरेर बुझ्न नसक्नु पनि हाे। जसको कारण आज मण्डलीहरू उल्झनमा छन। [२ तिमोथी 2:15, २ कोरिन्थी 4:2, १ तिमोथी 4:6]
हामीले कहिले पनि व्यवस्था पालन गर्नुहुँदैन भनेका छैनौं, कतिपय व्यवस्था येशूले पूरा गर्नुभयो, यसकारण हामीले त्यसलाई शारीरिक रूपमा पालन गर्दैनौं, तर आत्मिक रूपमा पालन गरिरहेका छाैँ।
शब्बाथ दिन पालन गर्नुपर्छ भन्नेहरूले विशेषगरी याे मुद्दालाई बारम्बार उठाउने गर्छन। र यसमा अन्य केही सम्प्रदायहरू पनि संलग्न छन। यदि हामीले व्यवस्था पालन नै गर्ने हाे, भने केबल शब्बाथ दिन, दसौं अंश, निस्तार चाड, शुद्ध र अशुद्ध भाेजनहरू मात्रै हाेईन, तर पुरै 613 व्यवस्था पनि अनिवार्य रूपमा पालन गर्नुपर्छ।
“किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ।” [याकूब 2:10]
यतिमात्रै हाेईन, तर जसले 100% व्यवस्था पालन गर्न खाेज्छ, ऊ इज्राएलकाे 12 गाेत्रहरू मध्ये एक हुनुपर्छ, खतना गरेको हुनुपर्छ, तबमात्र उसले व्यवस्था पालन गर्न पाउँछ।
तर व्यवस्थाकाे सत्यता याे हाे कि येशूले हामीलाई व्यवस्थाकाे बन्धनदेखि स्वतन्त्र पार्नुभएको छ।
यसकारण लेखिएको छ,
“उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।” [यूहन्ना 1:16-17]
“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।” [मत्ती 5:17]
“किनकि मानिसको पुत्र शबाथको प्रभु हो।” [मत्ती 12:8]
“स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नपर।” [गलाती 5:1]
“यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्न सक्यौं।” [प्रेरित 15:10]
“किनभने विश्वास गर्ने धर्मी ठहरिओस भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।” [रोमी 10:4]
“तिमीहरू आफ्ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो।” [कलस्सी 2:13-14]
“यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ।” [यूहन्ना 8:36]
“किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन।” [हिब्रू 8:7]
“विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दिइयो।” [गलाती 3:24]
“किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।” [रोमी 6:14]
“तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” [यूहन्ना 8:32]
* जसको कान छ, त्यसले सुनाेस !

No comments:
Post a Comment