1. व्यवस्था: परमेश्वरको एक दासको रूपमा मोशा मार्फत अवैयक्तिक रूपमा दिईयाे।
अनुग्रह: परमेश्वरको पुत्रकाे रूपमा येशू मार्फत व्यक्तिगत रूपमा आयाे।
2. व्यवस्था: मानिस कस्तो हुनुपर्छ भनेर प्रकट गर्दछ।
अनुग्रह: परमेश्वर को हुनुहुन्छ भनेर प्रकट गर्दछ।
3. व्यवस्था: आश्चार्यजनक मृत्युको परिणामहरू देखिन्छ।
अनुग्रह: आश्चार्यजनक जीवनकाे परिणामहरू देखिन्छ।
4. व्यवस्था: कानूनको अक्षरले मार्छ।
अनुग्रह: अनुग्रहको आत्माले जीवन दिन्छ।
5. व्यवस्था: पापमा भ्रष्ट भएको मानिसबाट धार्मिकताको माग गर्दछ।
अनुग्रह: उपहारको रूपमा मानिसलाई धार्मिकता प्रदान गर्दछ।
6. व्यवस्था: पुरानो, बङ्ग्याउन नसकिने कडा दाखरसको छालाको मशक हाे।
अनुग्रह: नयाँ, मताउने दाखरस
7. व्यवस्था: पापहरू सम्झना गरियाे र परमेश्वरद्वारा बारम्बार देखिएको हुन्छ।
अनुग्रह: पापहरू क्षमा गरियो र परमेश्वरले फेरि सम्झनुहुनेछैन।
8. व्यवस्था: आशिष र श्राप प्रदान गर्दछ।
अनुग्रह: आशिष मात्र प्रदान गर्दछ।
9. व्यवस्था: मानव-केन्द्रित-तपाईंले परमेश्वरको लागि के गर्नुपर्छ।
अनुग्रह: परमेश्वर/येशू-केन्द्रित-परमेश्वरले तपाईंको लागि के गर्नुहुन्छ/येशूले तपाईंको लागि के गर्नुभयो।
10. व्यवस्था: तपाइँको अनाज्ञाकारिताद्वारा तपाइँ अयोग्य बन्नुहुनेछ।
अनुग्रह: येशूको आज्ञाकारिताद्वारा तपाईं योग्य बन्नुहुनेछ।
11. व्यवस्था: तपाईं आफ्नो कर्मद्वारा धर्मी ठहरिनु हुनेछ।
अनुग्रह: तपाईं विश्वासद्वारा धर्मी ठहरिनु हुनेछ।
12. व्यवस्था: सिनै पहाडदेखि दिईयाे।
अनुग्रह: कलभरी पहाडदेखि दिईयाे।
येशूले उहाँको आज्ञाकारिता मार्फत मेरो लागि के पूरा गर्नुभएको छ भन्ने कुरा पूर्ण रूपमा अनुग्रहमा केन्द्रित छ।
यसकारण लेखिएको छ,
“उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।” [यूहन्ना 1:16-17]
“व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो, यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस।” [रोमी 5:20-21]

No comments:
Post a Comment