कथा एक कैदीको बारेमा भनिएको छ, जसलाई नेपोलियनद्वारा मृत्युदण्ड दिइने थियो।
त्याे मृत्युदण्ड पाएकाे व्यक्तिको कान्छी छोरी सम्राटको अगाडि हाजिर हुँदा पनि नेपोलियन आफ्नो न्यायमा दृढ रहे।
तर सानी केटीले भनिरहेकी थिइन, “सम्राट, म न्याय माग्न होइन, दया माग्न आएको हुँ।”
यी शब्दहरूले सम्राटलाई ती कैदीलाई रिहा गर्न बाध्य पार्याे।
एकपटक एकजना कर उठाउनेले पनि परमेश्वरसँग यसरी नै प्रार्थना गरेकाे थियो,
“हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस!” (लूका 18:13)
यी शब्दहरू भन्नको लागि तपाईंलाई केवल तीन सेकेन्ड लाग्नेछ।
जसको कारण त्यो कर उठाउने व्यक्ति धर्मी ठहरिएर घर गयो। किनभने उसले प्रार्थनामा के भनिरहेको थियो भनी उसलाई थाह थियो।
के तपाईं पाप क्षमा पाउनकाे निम्ति याे तीन सेकेन्डकाे प्रार्थना गर्न सक्नुहुन्छ ? परमेश्वर पिताले हाम्रो ठुलो भन्दा ठुलो पाप पनि क्षमा गर्न तैयार हुनुहुन्छ।
यसकारण लेखिएको छ,
“धर्मी कोही छैन, एक जना पनि छैन।
किनकि सबैले पाप गरेका छन, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन।” [रोमी 3:10,23]
“किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।” [रोमी 6:23]
“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ– र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो– कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।” [एफिसी 2:8-9]
“तर ‘म बलिदान होइन, दया चाहन्छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ।” [मत्ती 12:7]
“हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस।
मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस।” [भजनसंग्रह 51:1-2]

No comments:
Post a Comment