“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ।” [प्रस्थान 20:4-5]
वास्तवमा मुर्तिपूजा भनेको कुनै कुराकाे आकृति बनाएर पुज्नु मात्रै हाेईन। एउटै सिक्काको दुई पाटाकाे रूपमा मुर्ति पनि दृश्य र अदृश्य गरि दुई भागमा रहेको छ, शारीरिक र आत्मिक मुर्ति।
एकपटक आत्मिक मुर्तिकाे बारेमा जाेन स्टाेटले भनेका थिए,
“आजभाेलिका ख्रीष्टियनहरूले रूपैयाँ-पैसा, आदर-सम्मान, शक्ति-अधिकार, महत्त्वकांक्षा, सफलता, शैक्षिक उपलब्धि र यस्तै अन्य मुर्तिहरूकाे सेवा मात्र गर्ने हाेइन, तिनीहरूले येशूलाई भन्दा आफ्नाे स्थानीय मण्डली, सम्प्रदाय, सिद्धान्त र मण्डलीमा हुने सेवाहरूलाई बढी प्रेम गर्दछन, र विश्वासको नाउँमा यस्ता कुराहरूलाई तिनीहरूले मुर्तिहरूमा रूपान्तरित गर्दैछन।”
तसर्थ रूपैयाँ-पैसाको लाेभ, आदर-सम्मानकाे लाेभ, शक्ति-अधिकारकाे लाेभ, महत्त्वकांक्षाकाे लाेभ, सफलताको लाेभ, शैक्षिक उपलब्धिको लाेभ र यस्तै अन्य साँसारिक कुराहरूकाे लाेभ मुर्तिपूजा हाे।
साथै, मुर्तिकाे सेवा गर्ने काम भनेको कुनै व्यक्ति, वस्तु, रूपैयाँ-पैसा, दर्शनशास्त्र अथवा मूल्य-मान्यतालाई परमेश्वरकाे स्थानमा राख्नु अनि परमेश्वरभन्दा त्यस्ता कुराहरूमा बढी भर पर्नु, भराेसा गर्नु र प्रेम गर्नु हो। यसकारण परमेश्वरलाई भन्दा बढ्ता प्रेम गरेको जुनसुकै चीज परमेश्वरकाे दृष्टिमा मुर्ति हाे।
“यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।” [कलस्सी 3:5]
“किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन।” [एफिसी 5:5]
“तब हामी परमेश्वरका सन्तान भएका हुनाले, परमेश्वर सुन, चाँदी वा पत्थरजस्तै हो भनी हामीले ठान्नुहुँदैन– यिनीहरूचाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन।” [प्रेरित 17:29]
परमेश्वरले दृश्य (भाैतिक) मुर्तिपूजालाई जति घृणा गर्नुहुन्छ, त्याे भन्दा बढी अदृश्य (आत्मिक) मुर्तिपूजा घृणा गर्नुहुन्छ। हामीले देखिने मुर्ति त सजिलैसँग छाेड्न सकाैँला, तर नदेखिने मुर्तिलाई कसरी छाेड्ने ? यसैले शारीरिक मुर्तिभन्दा आत्मिक मुर्ति बढी खतरनाक छ।
आज प्रायः ख्रीष्टियनहरूले दृश्य मुर्तिपूजालाई त्यागे तापनि अदृश्य मुर्तिपूजालाई चिन्न र त्याग्न सकिरहेका छैनन। ख्रीष्टियन जगतमा याे निकै दु:खलाग्दाे, साथै एक गम्भीर विषयको रूपमा खडा भएको छ।
पुरानो करारमा केबल देखिने मूर्तिपूजादेखि मात्रै अलग हुनुपर्ने आदेश थियो, तर नयाँ करारमा नदेखिने मूर्तिपूजाबाट पनि अलग रहनुपर्ने आदेश छ। नयाँ करारकाे आज्ञा पहिलेको भन्दा कठिन र उच्चस्तरीय छ।
* कहिँ तपाईंको हृदयमा पनि आत्मिक (अदृश्य) मुर्तिले राज्य गरेको त छैन ?
यसकारण लेखिएको छ,
“पापमय स्वभावका कामहरू प्रत्यक्ष छन, जो यी नै हुन– व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कड़पन, अशलील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन, परमेश्वरका राज्यका हकदार बन्नेछैनन।” [गलाती 5:19-21]
“बुद्धिमान छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे।” [रोमी 1:22-23]
“अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ– अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन।” [१ कोरिन्थी 6:9-10]
“तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्ग रहून, व्यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्ग रहून।” [प्रेरित 15:20]
“तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।” [प्रकाश 21:8]
“यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस।” [१ कोरिन्थी 10:14]
“साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।” [१ यूहन्ना 5:21]
.jpg)

No comments:
Post a Comment