यदि तपाईं व्यस्त हुनुभए तापनि यसलाई पढ्नुहाेस...
शैतानले आफ्नो दुतहरूकाे विश्वव्यापी सम्मेलन बोलायो, र उसले आफ्नो उद्घाटन भाषणमा भन्यो, “हामी ख्रीष्टियनहरूलाई चर्च जानबाट रोक्न सक्दैनौं। हामी तिनीहरूलाई बाइबल पढ्न र सत्य जान्नबाट रोक्न सक्दैनौं। तिनीहरूको मुक्तिदातासँगकाे घनिष्ठ सम्बन्धबाट पनि टाढा बनाउन सक्दैनौं।”
“येशूसँगको सम्बन्ध स्थापित गरेपछि, तिनीहरूमाथिको हाम्रो शक्ति टुटेको छ। त्यसैले उनीहरूलाई तिनीहरूका चर्चहरूमा जान देऊ। तर तिनीहरूलाई मनाेरञ्जनका साधनहरू देऊ, र तिनीहरूको समय चोर, ताकि तिनीहरूकाे येशू ख्रीष्टसँग सम्बन्ध विकास गर्न समय नहोस। उनीहरूलाई दिनभर तिनीहरूको मुक्तिदातालाई पक्रिराख्ने कुराबाट र सम्बन्धबाट ध्यान भंग गरिदेऊ।”
“हामीले यो कसरी गर्ने?” केही भूतहरू साेधे।
शैतानले जवाफ दियाे, “उनीहरूलाई जीवनको अनावश्यक कुराहरूमा व्यस्त राख र तिनीहरूको दिमागमा कब्जा गर्न असंख्य योजनाहरू आविष्कार गर। उनीहरूलाई खर्च, खर्च, खर्च, र उधारो, उधारो, उधारो लिन प्रलोभन देऊ।
श्रीमतीहरूलाई लामो समयसम्म काममा जान र श्रीमानहरूलाई हप्ताको ६-७ दिन, दिनको १०-१२ घण्टाभन्दा बढी काम गर्न मनाउन लगाऊ, ताकि उनीहरू यति व्यस्त हुन, जसको कारण उनीहरूले आफ्ना बच्चाहरूसँग समय बिताउने समय पनि नहाेस। त्यसपछि तिनीहरूको परिवार टुक्रा-टुक्रा हुनेछ र त्यसपछि, चाँडै तिनीहरूको घरले कामको दबाबबाट मुक्ति दिनेछैन! तिनीहरूको दिमागलाई अति-उत्तेजित पारिदेऊ, ताकि तिनीहरूले परमेश्वरकाे त्यो स्थिर, सानो आवाज सुन्न सक्दैनन।”
“उनीहरूले गाडी चलाउँदा, काममा, घरमा एक्लै बस्दा रेडियो, टिभी, माेबाईल, गेम वा संगितमा व्यस्त हुन प्रेरित गर। जब तिनीहरूको जीवनमा संसारिक कुराहरू भरिए भने त्यसले तिनीहरूको दिमाग जाम गर्नेछ र ख्रीष्टसँगको त्यो एकता तोड्नेछ।
पत्रपत्रिकाले तिनीहरूको टेबल भरिदेऊ। दिनको 24 घण्टा समाचारहरूले तिनीहरूको दिमागलाई घुमाईदेऊ। तिनीहरूलाई ड्राइभिङमा व्यस्त राखिदेऊ। उनीहरूलाई सामाजिक सञ्जालमा व्यस्त राखिदेऊ, र त्यहाँबाट प्रलाेभन प्रस्तावहरू, निःशुल्क उत्पादनहरू, सेवाहरू र झूटा आशाहरूले भरिदेऊ।
पत्रिकाहरू, टिभी र माेबाईलमा पातलो, सुन्दर मोडेलहरू राखिदेऊ, ताकि पतिहरूले बाहिरी सुन्दरतामा भुल्नेछन, र सुन्दरता महत्त्वपूर्ण रहेछ भनेर विश्वास गर्नेछन, र तिनीहरू आफ्ना पत्नीहरूसँग असन्तुष्ट हुनेछन। श्रीमतीहरूलाई पनि राती आफ्नो पतिलाई माया नगर्न दिनभर धेरै थकित राख। उनीहरूलाई पनि टाउको दुखाइ देऊ! यदि उनीहरूले आफ्ना श्रीमानलाई उनीहरूलाई चाहिने माया दिएनन भने, उनीहरू अन्यत्र हेर्न थाल्छन। यसले उनीहरूको परिवारलाई छिट्टै टुक्रा टुक्रा पार्नेछ!
तिनीहरूलाई आफ्ना बच्चाहरूलाई क्रिसमसको वास्तविक अर्थ सिकाउनबाट विचलित गर्न सान्ता क्लज देऊ। उनीहरूलाई ईस्टर बन्नी देऊ, ताकि तिनीहरूले उहाँको पुनरुत्थान, पाप र मृत्युमाथिको शक्तिको बारेमा बुझ्ने छैनन।
तिनीहरूलाई मनोरञ्जनमा अत्यधिक व्यस्त हुन देऊ। उनीहरूलाई मनोरञ्जनबाट थाकेर फर्कन लगाउ। उनीहरूलाई प्रकृतिमा जान र ईश्वरको सृष्टिमा चिन्तन गर्न नसक्ने गरि व्यस्त राख। बरु तिनीहरूलाई मनोरञ्जन पार्क, खेलकुद कार्यक्रमहरू, नाटकहरू, कन्सर्टहरू, चलचित्रहरू र माेबाइहरूमा पठाएर व्यस्त राख। उनीहरूलाई व्यस्त, व्यस्त, व्यस्त राखिदेऊ!
जब तिनीहरू आत्मिक सङ्गतिको लागि भेट्छन, तिनीहरूलाई गपशप र सानो-सानो कुरामा व्यस्त गराउ, ताकि तिनीहरू आत्मिक जीवनकाे लक्ष्यसम्म पुग्न नसकुन। यी कारणहरूले गर्दा तिनीहरूले येशूबाट शक्ति खोज्ने समय हुनेछैन। छिट्टै तिनीहरूले आफ्नो शक्तिमा काम गर्नेछन, र असफल हुनेछन।”
शैतानकाे यो योजना सुनेर उसका दुतहरू उत्सुकतासाथ आफ्नो काममा गए, जसले गर्दा आज धेरै ख्रीष्टियनहरू जताततै व्यस्त भएका छन र हतारिएका छन, यता-उता भागिरहेका छन।
के तपाईं आफ्नो परमेश्वर वा आफ्नो परिवार र साथीहरुको लागी थोरै समय छ। जीवन परिवर्तन गर्ने, उद्दार दिने र अनन्त जीवन दिने येशूको शक्तिको बारेमा अरूलाई बताउने समय छैन। मलाई लाग्छ त्यसाे भए, के शैतान आफ्नो योजनाहरूमा सफल भएको त छैन ?
तपाईं नै न्यायकर्ता हुनुहोस !
के व्यस्त (Busy) हुनुको अर्थ, शैतानकाे जुवामा पर्नु (B-eing U-nder S-atan's Y-oke) हाेईन र ?
यदि तपाईं धेरै व्यस्त हुनुहुन्न भने कृपया यो सन्देश आफ्नो प्रीय जनहरूसँग साझा गर्नुहोस !
Sources :
https://dominicaexplorer.com/inspirational/satans-meeting/

No comments:
Post a Comment