Monday, May 1, 2023

पवित्रता, प्रेम र स्वर्ग :

 



1. पास्टर/प्रचारक हुनुले तपाईंलाई स्वर्गमा लैजाँदैन।


2. क्वाएरमा गाउनाले तपाईंलाई स्वर्गमा लैजाँदैन।


3. चर्चका सबै गतिविधि/कार्यक्रममा सहभागी हुनाले तपाईंलाई स्वर्गमा लैजाँदैन।


4. चर्चमा पैसा दान गर्दा तपाईंलाई स्वर्गमा लैजाँदैन।


5. शिक्षित हुनुले तपाईलाई स्वर्गमा लैजादैन।


6. धनी/प्रभावशाली हुनुले तपाईंलाई स्वर्गमा लैजाँदैन।


7. गरीब हुनुले तपाईलाई स्वर्गमा लैजादैन।


8. आरामकाे साथ सारा संसारको भ्रमण गरेकोले तपाईलाई स्वर्गमा लैजादैन।


9. विवाहले तपाईंलाई स्वर्गमा लैजाँदैन।


10. मण्डलीमा कुनै पनि पद पाउनुले तपाईंलाई स्वर्गमा लैजाँदैन।


* पवित्रता र प्रेम बिना तपाईं परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नुहुन्न।


यसकारण लेखिएको छ,

मैले पाप स्‍वीकार गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई प्रार्थना गरें:  “हे परमप्रभु, महान र भययोग्‍य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्‍छ।” [दानिएल 9:4]


“हाम्रा समस्‍त जीवनभरि पवित्रता र धार्मिकतामा  उहाँको सामुन्‍ने उहाँको सेवा गर्न पाऔं।” [लूका 1:75]


“यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्‍माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।” [२ कोरिन्थी 7:1]


“तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्‍वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्‍यसको अन्‍त्‍यचाहिँ, अनन्‍त जीवन।” [रोमी 6:22]


“किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको निम्‍ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ।” [१ थेसलोनिकी 4:7]


“शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून।” [१ थेसलोनिकी 5:23]


“यसकारण तिनीहरूका बीचबाट निस्‍केर आओ,  र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍नुहुन्‍छ।  अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।

म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्‍नुहुन्‍छ।” [२ कोरिन्थी 6:17-18]


“दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस।

हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।” [प्रकाश 22:11-12]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...