1. दिदीबहिनीहरू, जो चर्चमा आफ्नो स्तन प्रकट गर्ने लुगा लगाएर स्तन देखाउन मन पराउँछन, र पुरुषहरूलाई लालसाकाे स्तनपान गराउन मन पराउँछन भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
2. दाजुभाई तथा दिदीबहिनीहरू, जो ख्रीष्टियन विश्वासी वा चर्चको कुनै एक विभागमा अगुवा हुन, तर अझै पनि व्यभिचार गर्दैछाै भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
3. अगमवक्ताहरू, प्रभुको नाममा मण्डलीमा झूट बोल्छौ भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
4. पास्टर/प्रचारक/शिक्षक/प्रेरितहरू, जसले एउटा भेडालाई गलत मार्गमा गएर हराइरहेको देख्छन, तर उसबाट दशांश र भेटीहरू आउँदैन वा उसले तिम्रो चर्चलाई छाेडेर जानेछ भनेर चेतावनी दिन इन्कार गर्छन भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
5. दाजुभाई तथा दिदीबहिनीहरू, जो अझै पनि गुप्तमा धुम्रपान र मद्यपान गर्दछाै भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
6. मण्डलीमा बाजा बजाउनेहरू, जो अझै पनि बाजा बजाउन क्लबहरूमा जाँदैछौ भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
7. दिदीबहिनीहरू, मिनिस्कर्ट (छाेटाे लुगा) तथा गाेप्य अंगहरू समेत देखिने लुगा लगाएर मण्डली जाने र मण्डलीमा पुरुषहरूका सामु आफ्नो रङ्ग्याएकाे ओठ देखाएर परीक्षामा पार्छाै भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
8. दिदीबहिनीहरू, परमेश्वरले हृदयमा मात्र चासो राख्नुहुन्छ भन्ने दाबी गर्दै आफ्नो आँखाको पट्टा, आँखाको पेन्सिल, बुनाई, लिपस्टिक, कृत्रिम नङ, विग, कपाल टाँस्ने, गहना आदि लगाएर मत्स्यांगनाहरू र साइरनहरूको रूपमा परमेश्वरको महिमा र छविलाई परिवर्तन गरिरहेका छन भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
9. दिदीबहिनीहरू, केवल पुरुषहरूलाई आफुतिर आकर्षित गर्नकाे लागि आफ्नो नितम्बको गोलाकारता देखाउनको लागि धेरै टाइट स्कर्ट या कपडा लगाएकी छौ भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
10. दाजुभाईहरू, क्वायरकाे अगुवा भएर स्त्रीहरूलाई यौन दुर्व्यवहार गर्दैछाै भने, एकदिन तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
आज प्रायः धेरै चर्चहरू नयाँ गरि नजन्मेका विश्वासीहरूले भरिएको छ। तिनीहरूमध्ये थोरै मात्र स्वर्गमा चिनिन्छन। मानिसहरूले जानाजानी पापहरू गर्छन, पास्टरहरू र अगमवक्ताहरूले चर्चमा भएको अधर्मलाई हप्काउनुको सट्टा उनीहरूलाई बचाउन छलको भविष्यवाणी गर्छन।
चर्च एउटा त्यस्तो ठाउँ हुनुपर्छ, जहाँ उद्धार गरिएका दाजुभाई तथा दिदीबहिनीहरू परमेश्वर र एकअर्कासँग सङ्गति गर्न भेला हुन्छन, तर चर्च पुरूषहरूले वेश्याहरूसँग भेट्ने ठाउँ होइन।
“तब एउटी स्त्री उसलाई भेट्न निस्केर आई, वेश्याझैँ पहिरेकी र धूर्त नियत भएकी।” [हितोपदेश 7:10]
“हे उजाड़ पारिएकी, तँ के गरिरहिछस? तैंले रातो पोशाक पहिरेकी, र सुनका गहना पहिरेर आफूलाई सिँगारेकी अर्थ के हो? तँ किन गाजल लगाएर तेरा आँखा ठूलो पार्छेस? व्यर्थमा तँ आफूलाई सुन्दर बनाउँछेस। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन, तिनीहरू तेरो ज्यान लिन खोज्छन।” [यर्मिया 4:30]
“त्यस स्त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्दा कुरा, अर्थात त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला हातमा लिएकी थिई।” [प्रकाश 17:4]
नग्नता प्रकट गर्ने लुगाहरू र टाइट लुगाहरू परमेश्वरकाे घरबाट हटाउनुपर्छ। वेश्याको जस्तै रूपरङ्ग र लुगा लगाएर चर्चमा आउने महिलाहरूलाई चर्चले हप्काउने बेला आएको छ!
यसकारण लेखिएको छ,
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
त्यो दिन धेरैले मलाई भन्नेछन, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ’।” [मत्ती 7:21-23]
“आफ्नो विषयमा होशियार बस। तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर।” [लूका 17:3]
“पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ, र यसरी अरूहरू पनि डराउनेछन।” [१ तिमोथी 5:20]
“तर तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ, र तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।” [गन्ती 32:23]
.jpg)
No comments:
Post a Comment