चार कारणहरू :
1. स्वर्ग र नरक सत्य छन।
2. मेरो साथीहरूको सूचीमा रहेका सबैजना कुनै दिन ती दुई ठाउँहरू मध्ये एकमा जाँदैछन र अनन्तसम्म त्यहाँ बस्नेछन।
3. स्वर्ग जाने बाटो येशू मात्रै हुनुहुन्छ! (यूहन्ना 14:6)
4. म मेरा सबै साथीहरूलाई प्रेम गर्दछु र म तिनीहरूलाई नरकमा गएको हेर्न चाहन्न!
यसकारण लेखिएको छ,
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।”
[यूहन्ना 14:6]
“अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”
[प्रेरित 4:12]
“कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।”
[फिलिप्पी 2:10-11]

No comments:
Post a Comment