Friday, April 21, 2023

शैतानकाे खुला पत्र

 



“आज म तिम्रो छोराछोरीलाई भेट्न निस्केको थिएँ। उनीहरुको परिवर्तन देखेर म अति नै प्रसन्न भएको छु।


उनीहरुले आफ्नो डेरा सदोम गमोरा भित्रै सारेका रहेछन, अनि त्यहाँका मानिसहरु झैं जिउन सिकिसकेका रहेछन।


उनीहरु सण्डे स्कुल पढ्न, प्रार्थना गर्न, वचन सिक्न थालेदेखी नै मेरो ध्यान उनिहरु प्रति खिचिएको थियो।


म उनीहरुलाई बिगार्न त्यही समयतिर नै योजना बुनिसकेको थिए, तर यत्ती वर्षको अथक परिश्रम नै उनीहरुलाई यो अवस्थामा ल्याउन सकेको प्रती मलाई निकै गर्व भैरहेको छ।


शुरुमा उनीहरुको हृदयबाट परमप्रभु प्रतीको डर हटाउन मलाई निकै गार्हो परेको थियो, तर तिमिहरुबाट पनि मैले निकै सहायता पाएँ, तिमीहरुले प्रभुको सेवामा नित्य डोर्याएको भए, प्रार्थनाको जीवन जिएको भए, पारिवारिक सेवा गरेको भए, आफ्नै काममा ब्यस्त रहेर उनिहरुलाई स्वतन्त्र नछोदिएको भए, म उनिहरु नजिक जान कहाँ सक्थे होला र!


जे होस, मैले सजिलै उनिहरुलाई बिस्तारै सबै कुराहरु सिकाउन पाएँ, अब त उनिहरु ड्रग्स पनि लिन थालेका छन। हाम्रो भेटमा हामिहरु सँगै बसेर पियौ पनि!


उनिहरुलाई व्याभिचार केही होइन भनेर सजिलै स्वीकार गर्ने बनाउन निकै गाह्रो परेको थियो तर अब ता उनिहरुको मोबाइल, कम्प्युटर र ग्याजेट यिनै तथाकथित घिनलाग्दा कुराहरुले भरिएको छ।


रहनसहन, फेसन, रङ्गमन्च र रितिरिवाजको कुरामा उनीहरुको प्रगती उल्लेखनीय छ।


उनीहरुले परमेश्वरको नाम बिर्सेका छन। स्वर्ग र नर्कको कुरालाई पत्याउदैनन, बरु उनीहरुको मस्तिष्कमा बिज्ञान भरिएको छ।


अब तिमिले आफ्ना छोराछोरीको आत्माको कुनै फिक्री छोदिदिए हुन्छ, किनकी मेरो हातबाट छुट्टाउने तिम्रो सामर्थ्य छैन। उनीहरु अब मेरा सम्पत्ति हुन। उनीहरुको आत्माको अनन्त मोल तय भैसकेको छ।


मैले उनीहरुलाई निकै दु:ख सहित परमेश्वरको हातबाट खोसेको छु। यदि प्रभु येशुले हस्तक्षेप गर्नुभएन भने अहिल्यै म उनीहरुलाई अन्धकारमा निलिदिनेछु।”


आज्ञा सहित,

शैतान


यसकारण लेखिएको छ,

“सचेत रहो, जागा रहो; किनकि तिमीहरूको विरोधी शैतान गर्जने सिंहझैं कसलाई निलूँ भनी खोज्दै चारैतिर घुमिहिँड़्छ।” [१पत्रु. ५:८] KJV


“तिमीहरू आफ्ना बाबु शैतानबाटका हौ, र आफ्नै बाबुका कुइच्छाहरू पूरा गर्न चाहन्छौ। त्यो शुरुदेखि नै हत्यारा थियो, र सत्यमा रहेन; किनकि त्यसमा सत्य छँदैछैन। जब त्यसले झूट बोल्छ, तब त्यो आफ्नैतर्फबाट बोल्छ; किनकि त्यो झूट हो, र झूटको बाबु हो।” [यूहन्ना ८:४४] KJV


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...