Sunday, March 5, 2023

येशू ख्रीष्टकाे आगमन कहिले हुन्छ ?




एकपटक एक व्यक्तिले एक ख्रीष्टियनलाई गिज्याउदै साेधेछ,

“खै तेराे येशू ! 'म तिमीहरूलाई फेरि लिन आउनेछु' भनेको पनि 2000 साल भई सक्यो तर अझैसम्म आएकाे छैन त ?”


तब ती ख्रीष्टियनले पनि नम्रता पुर्वक यसरी जवाफ दिएछन,

“तपाईं येशू आउने चिन्ता नगर्नुस ! उहाँ त एकदिन अवश्य आउनुहुनेछ । उहाँले मेराे निम्ति घर तैयार पार्दै हुनुहुन्छ, र तपाईंको निम्ति कफनकाे बाकस तैयार पार्दै हुनुहुन्छ। यसकारण अलि ढिलो भएको मात्रै हाे ।”


आज संसारभरि येशू ख्रीष्टकाे दाेस्राे आगमनकाे बिषयमा निकै तिखाे बहसहरू भईरहेको पाउँछौं ।


यसकारण प्रश्न याे हाेईन कि “येशू ख्रीष्ट कहिले आउनुहुन्छ ?”

तर प्रश्न याे हाे कि “के म येशू ख्रीष्टकाे दाेस्राे आगमनकाे निम्ति तैयार छु ?”


यसकारण लेखिएको छ,

“परमेश्‍वर ढाँट्नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍न, उहाँले मन बद्लनुहुन्‍न, कारण उहाँ मान्‍छेको सन्‍तान हुनुहुन्‍न। उहाँले भन्‍नुभएपछि के त्‍यो गर्नुहुन्‍न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्‍यो पूरा गर्नुहुन्‍न र?” [गन्ती 23:19]


“तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ।

आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस, तर सबै जनाले पश्‍चात्ताप गरून भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्‍छ।” [२ पत्रुस 3:8-9]


“हेर, म चाँड़ै आउँदैछु...।” [प्रकाश 22:7 ]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...