मैले परमेश्वरसँग शक्ति माँगे, ताकि म सफल बन्न सकुँ
तर उहाँले मलाई कमजाेर बनाईदिनुभयाे, ताकि म बिनम्रताले आज्ञा मान्न सकुँ।
मैले राम्रो स्वास्थ्य माँगे, ताकि म महान काम गर्न सकुँ
तर मलाई राेगी बनाईदिनुभयाे, ताकि म उत्कृष्ट काम गर्न सकुँ।
मैले धेरै धन माँगे, ताकि म खुशी रहन सकुँ
तर मलाई गरिबी दिनुभयाे, ताकि म बुद्धिमान बन्न सकुँ।
मैले सामर्थ्य मागे, ताकि मलाई मानिसहरूकाे प्रशंसा मिलाेस
तर मलाई असक्षमता दिईयाे, ताकि मलाई परमेश्वरकाे आवश्यकता महशुस हाेस।
मैले सारा कुरा माँगे, ताकि म जीवनको आनन्द लिन सकुँ
मलाई जीवन दिईयाे, ताकि म सारा कुराकाे आनन्द लिन सकुँ।
मैले जे मागे त्याे केही पनि मैले पाईन,
तर सबै मनले चाहेकाे कुरा पाएँ।
यति भएर पनि मैले मेराे नभनिएकाे प्रार्थनाकाे जवाफ पाएँ
परमेश्वरले मलाई बाँकी सबै मानिसहरू भन्दा धेरै कृपा गर्नुभयो।
- अज्ञात संघीय सैनिक, न्युयोर्क सिटी

No comments:
Post a Comment