Wednesday, March 8, 2023

परमेश्वरले जुटाउनुभएको जीवन साथी कसरी चिन्ने ?

 



विवाह भनेको हतारमा गरेर फुर्सदमा पछुतो गर्ने विषय हाेईन, तर याे त मृत्युसम्म एकअर्का प्रति विश्वासयाेग्य बन्ने विषय हाे ।


आज प्रायः हरेक ख्रीष्टियन युवाहरू यस बिषयमा अन्याेल देखिने गर्दछन, तर परमेश्वरकाे वचन बाइबलले यस विषयलाई स्पष्ट रूपमा बताएको छ, जसले परमेश्वरकाे इच्छामा हिँड्छ र खाेजी गर्दछ । 


आफ्नै इच्छामा हिँड्ने र खाेजी गर्नेलाई भने ढाेका सधै खुल्ला छ, तर पछि बहुमुल्य जीवन बर्बाद भयाे भने दाेष कसैलाई लगाउन पाउनेछैनन, न शैतानलाई, न कुनै मानिसलाई, न परमेश्वरलाई नै !


विवाह सम्बन्धि बाइबलकाे सिद्धान्त यस्ताे छ र हरेक जवान भाइबहिनीहरूले याे सिद्धान्त आज पनि लागू हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ :


1. विवाहकाे शुरूवात गर्ने स्वयं परमेश्वर हुनुहुन्छ ।

2. मानिसले विवाह गर्नुपर्ने निर्णय परमेश्वरबाट अघि बढ्यो, मानिसबाट हाेईन ।

3. परमेश्वर मानिसकाे निम्ति सुहाउँदो सहायककाे किसिम जान्नुहुन्थ्यो, तर मानिसले जान्दैनथ्याे ।

4. मानिसको लागि परमेश्वरले स्त्री तयार गर्नुभयो ।

5. परमेश्वरले नरलाई नारी दिनुभयो । पुरूषले स्त्रीकाे खाेजीमा भाैंतारिनु परेन ।

6. परमेश्वरले तिनीहरूकाे जीवनकाे स्वभाव एकसाथ हुने व्यवस्था गर्नुभयो । यसको अन्तिम उद्देश्य दुईबीच एकता थियो ।

[सन्दर्भ : उत्पत्ति 2:20-24]


त्यसैले, अब हरेक अविवाहित युवाहरूले गर्नुपर्ने काम यसप्रकार छ,

पुरूषकाे काम : जीवन साथीकाे चयनमा आफ्नाे लागि चयन र तयारी दुवै गरिदिन परमेश्वरमाथि भर पर्दछ । आफ्नाे निम्ति छनाैट र तयार गर्नुभएकी जवान संगिनी परमेश्वरले आफुकहाँ ल्याउनुहुने कुरा थाहा पाउँछ ।


स्त्रीकाे काम : परमेश्वरले आफ्नाे लागि ताेक्नुभएको दुलहा अपनाउनमा आफ्नाे तयारीका लागि परमेश्वरमाथि विश्वास गर्छे । परमेश्वरले तयार गरिरहनु भएको उनी सुहाउँदो लाेग्नेमा पुग्न परमेश्वरद्दारा आफू डाेरिन तत्पर हुन्छे ।

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...