तपाईंले आफ्नो मण्डलीका अगुवाहरूको लागि प्रार्थना गर्नुपर्ने 10 कारणहरू :
1. अगुवाहरू अझै पनि मानव नै हुन र अगुवाहरूबाट पनि गल्तीहरू हुन सक्छ।
2. अगुवाहरू अरूभन्दा धेरै परिक्षाहरूको सामना गरिरहेका हुन्छन।
3. धेरै विश्वासीहरूले विश्वास गर्छन कि पास्टरहरूको आफ्नै चुनौतिहरू छैनन, तर उनीहरूसँग पनि व्यक्तिगत, परिवार र अनगिन्ती चुनौतिहरू हुन्छन।
4. विश्वासीहरूले अगुवाहरूलाई रोल मोडेलको रूपमा हेर्छन र तिनीहरू सिद्ध हुनुपर्छ भन्ने मानिसहरूले आशा राख्छन।
5. शत्रुहरूले अगुवाहरूकाे सेवकाई र दर्शन नष्ट गर्न धेरै आक्रमण गर्छन।
6. यदि अगुवाहरूले सत्यसँग सम्झौता नगरेको खण्डमा मण्डलीका विश्वासीहरू र संसारका मानिसहरूबाट धेरै आलोचना पाउँछन। तिनीहरुले अगुवाहरूबाट मानिसलाई खुसी बनाएको चाहन्छन।
7. विश्वासीहरू विश्वास गर्छन कि पास्टर धनी छन र अधिकतम समर्थन र सहयोग आवश्यक छैन। अगुवाहरूहरूलाई पनि नैतिक र आर्थिक सहयोग चाहिन्छ।
8. विश्वासीहरूले पास्टरहरू/अगमवक्ताहरूका लागि प्रार्थना कमै गर्छन। तिनीहरूले विश्वास गर्छन कि अगुवाहरू परमेश्वरको धेरै नजिक हुनुहुन्छ।
9. धेरै पास्टर/अगमवक्ताहरू गोप्य रूपमा आँसु बगाईरहेका हुन्छन। उनीहरुलाई प्राथमिक उपचार दिने कोही छैन।
10. उहाँहरुबाट धेरै आवश्यक वा अपेक्षा गरिएको हुन्छ। तिनीहरूले धेरै बोझहरू बोकेका हुन्छन।
सन्दर्भ: मत्ती २६:३६-४६, १ तिमोथी २:१-३, तीतस १:९
* पास्टरकाे निम्ति प्रार्थना किन चाहिन्छ, भनेर तपाईंले अरू कारणहरू पनि थप्न सक्नुहुन्छ...
आफ्नो स्थानीय पास्टर तथा अगुवाहरूको लागि सधैं प्रार्थना गर्नुहोस र अगुवाहरूको गल्तीहरूलाई मात्रै उजागर नगर्नुहोस। यो एक नाजुक काम हो। परमेश्वरले तपाईंलाई राम्रो आशिष दिनुभएको होस!

No comments:
Post a Comment