BA पास गरेको एउटा घमण्डी मानिस आफ्नाे शिक्षामा निकै घमण्ड गर्दाे रहेछ। त्यही घमण्डकाे साथ बाटोमा यात्रा गर्दै गर्दा तीन स्त्रीहरूसँग जानीजानी ठाेक्किएछ।
त्यसपछि ती स्त्रीहरूले आपसमा यस्तो भनेछन,
1. पहिलो स्त्री : कस्तो “ऊ” जस्तो रहेछ !
2. दाेस्राे स्त्री : “ऊ” भएको भए, त ऊ हुन्थ्यो नि !
3. तेस्रो स्त्री : कसैको हुन्छ, तर कसैको हुँदैन !
याे कुरा सुनेर त्याे घमण्डी मानिस अचम्ममा परेछ, त्यसको अर्थ अहिलेसम्म खाेजी रहेको छ। याे “ऊ” भन्ने शब्दकाे अर्थ उसको BA काे पढाइले पनि दिन सकेन। जसको कारण “ऊ” आफैलाई लज्जित महशुस गरिरहेकाे छ।
अब त्यो “ऊ” भनेकाे अर्थ के हाेला ?
यसको जवाफ केही समय साेँचेर हजुरहरूले दिनुहाेला!
यस घटनाबाट शिक्षा :
कहिलेकाहीँ हामीले केही ज्ञान प्राप्त गरिसकेपछि मलाई सबै कुरा थाहा छ भन्ने घमण्ड आँउछ, तर वास्तवमा कहिलेकाहीँ हामीलाई साधारण कुरा पनि आएकाे हुँदैन। यसकारण घमण्ड नगराैँ, तर सधै नम्र बनाैँ !
यसैले भनिन्छ,
साँचो बुद्धि भनेको तपाईलाई केहि पनि थाहा छैन भनेर जान्नु हो।
जति म सिक्छु, त्यति म अज्ञानी बन्छु।
धेरै फल फलेको रूख झुकेको हुन्छ।
यसकारण लेखिएको छ -
यदि कसैले “केही जान्दछु” भन्ठान्छ भने, उसले जे जान्नुपर्ने हो सो जानेको हुँदैन।
[१ कोरिन्थी 8:2]

No comments:
Post a Comment