जब मान्छेहरूले धेरै किताबहरू पढ्छन, तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछन,
1. गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन।
2. बन्दुक र चक्कुभन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ।
3. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ।
4. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ।
5. कहाँ बोल्नुपर्छ र कहाँ चुप बस्नुपर्छ बुझिन्छ।
6. आमा-बुबाको मूल्य बुझिन्छ।
7. ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ। जीवनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन।
8. सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन, बास्तबमा उनीहरू कति दुःखी हुन्छन भन्ने बुझिन्छ।
9. प्रेम र काम-बासनाको अन्तर बुझिन्छ।
10. स्वास्थ्य सबैभन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ।
11. यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन।
12. जो संग करौडौंको सम्पत्ति हुन्छ, उनीहरूको गरिबी र जो दैनिक 100 - 200 रूपैयाँ कमाउँछन उनीहरूको समृद्धि देखिन्छ।
13. जीवनमा शिक्षाको महत्व बुझिन्छ।
14. फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जीवनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन, यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन।
15. धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता।
16. हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन, यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ।
17. यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन र १ प्रतिशत मान्छेहरू खराब हुन्छन। बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं। केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन। यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ।
18. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन, बरू समय-समयमा आफ्नो चश्मा सफा गर्दछन।

No comments:
Post a Comment