Saturday, March 4, 2023

मण्डलीलाई किन प्रेम गर्नुपर्छ ?

 



मण्डलीलाई प्रेम गर्ने कारणहरू,

1. किनभने मण्डलीको संस्थापक र निर्माणकर्ता स्वयं सारा सृष्टिका मालिक हुनुहुन्छ। [मत्ती 16:18]

2. किनभने मण्डलीको लागि ठूलो मूल्य तिरिएको छ। [यशैया 53, युहन्ना 3:16, 1 काेरिन्थी 6:20, 7:23]

3. किनभने मण्डलीको शिर येशू ख्रीष्ट हुनुहुन्छ। [एफिसी 5:23-24]

4. किनभने मण्डलीलाई येशू ख्रीष्टले प्रेम गर्नुभयो। [एफिसी 5:25]

5. किनभने येशू ख्रीष्टले हामीलाई यस मण्डलीमा थप्नुभयो। [प्रेरित 2:47]

6. किनभने मण्डलीमा सहभागी हुन पाउनु ठूलो आशिषकाे कुरा हाे। [प्रकाश 1:3]

7. किनभने मण्डलीमा साँचो भ्रातृत्व, भाइचारा र सङ्गति छ। [मत्ती 26:14-39]

8. किनभने मण्डलीमा सहभागी हुनु हाम्रो मुक्तिको एक भाग हाे। [हिब्रू 10:25]

9. किनभने हामी मण्डलीमा सहभागी हुनु परमेश्वरको इच्छा हो। [1 कोरिन्थी 1:9]

10. किनभने मण्डली बिना हामी र हाम्रो परिवार हराउने थियौँ। [1 पत्रुस 2:25]

11. किनभने मण्डलीलाई मात्रै सारा स्वर्ग र पृथ्वीकाे अधिकार दिईएकाे छ। [मत्ती 16:119, 28:18-20, एफेसी 1:19-23]

12. किनभने मण्डलीसँग मात्रै मानिसको हृदयलाई सन्तुष्ट पार्ने सन्देश छ। [1 कोरिन्थी 1:18]

13. किनभने मण्डलीको अन्तिम लक्ष्य र भविष्य स्वर्ग हाे। [१ कोरिन्थी 15:24, प्रकाश 19:76-7]


* मण्डलीलाई प्रेम गर्नुहोस, किनकी यसलाई निर्माण गर्न येशू ख्रीष्टले आफैलाई अर्पण गर्नुभयो!


यसकारण लेखिएको छ,

“...जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो।” [एफिसी 5:25]

“किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ।” [१ पत्रुस 2:21]

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...