Saturday, March 4, 2023

के त्रिएक परमेश्वर बराबर हुनुहुन्छ ?

 


एकपटक एकजना अगुवाले मलाई साेध्नुभयाे कि तिमीले त्रिएक परमेश्वरकाे पिता, पुत्र र पवित्र आत्मा मध्ये कसलाई ठुलो मान्छाै ? प्रार्थना गर्दा कसलाई प्रार्थना गर्दछौ ?


त्यस समय मसँग केही जवाफ थिएन । तर उहाँले भन्दै हुनुहुन्थ्यो कि पिता सबैभन्दा ठुलो हाे र मैले पितालाई मात्रै प्रार्थना गर्दछु । याे त उहाँको आफ्नै साेँच र विश्वास थियो ।


आज पनि कतिपय अगुवा र विश्वासीहरूले पितालाई पहिलो नम्बरमा, पुत्रलाई दाेस्राे नम्बरमा र पवित्र आत्मालाई तेस्रो नम्बरमा राख्ने गर्दछन ।


तर परमेश्वरकाे बचनले पिता, पुत्र र पवित्र आत्मालाई अलगअलग तहमा राखेको छैन । पिता, पुत्र र पवित्र आत्मा तीन अलगअलग परमेश्वर हाेईन, तर एक परमेश्वरकाे तीन व्यक्तित्व हाे । यसैकारणले त उहाँलाई “त्रीएक” परमेश्वर भनिन्छ । यसरी पिता, पुत्र र पवित्र आत्माकाे सम्बन्धलाई बुझ्ने अरू उत्कृष्ट शब्द अरू छैन ।


पिता :

1. अनन्त             भजन 90:2

2. सर्वशक्तिमान   यर्मिया 32:26, 27

3. सर्वज्ञानी         यर्मिया 17:10

4. सर्वव्यापी      यर्मिया 23:24

5. पवित्रता        प्रकाश 15:4

6. सत्य            युहन्ना 7:28

7. कृपा            राेमी 2:4

8. संगति        1 युहन्ना 1:3


पुत्र :

1. अनन्त            प्रकाश 1:8,17

2. सर्वशक्तिमान   2 काेरिन्थी 12:9

3. सर्वज्ञानी         प्रकाश 2:23

4. सर्वव्यापी       मत्ती 18:20

5. पवित्रता        प्रेरित 3:14

6. सत्य             प्रकाश 3:7

7. कृपा            एफिसी 5:25

8. संगति         1 युहन्ना 1:3


पवित्र आत्मा :

1. अनन्त           हिब्रू 9:14

2. सर्वशक्तिमान   राेमी 15:19

3. सर्वज्ञानी        1 काेरिन्थी 2:11

4. सर्वव्यापी       भजन 139:7

5. पवित्रता         लुका 1:15

6. सत्य             1 युहन्ना 5:6

7. कृपा              नहेम्याह 9:20

8. संगति         2 काेरिन्थी 13:14


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...