1. सुसमाचारले सिकाउँछ, येशू सारा संसारका मानिसहरूलाई बचाउन आउनुभयो।(यूहन्ना 3:16-17, 4:42, 1यूहन्ना 4:14)
तर क्याल्भिनिज्मले सिकाउँछ, येशू चुनिएकाहरूलाई मात्र बचाउन आउनुभयो।
2. सुसमाचारले सिकाउँछ, येशूको छुटकाराकाे माेल सबै मानिसहरूको लागि उपलब्ध छ।(1 तिमोथी 2:6, मत्ती 20:28)
तर क्याल्भिनिज्मले सिकाउँछ, चुनिएकाहरूको लागि मात्र येशूको छुटकाराकाे माेल उपलब्ध छ।
3. सुसमाचारले सिकाउँछ, परमेश्वरको पूर्वनिर्धारित योजना भनेको मानिसले पुत्रमा विश्वासद्वारा मुक्ति पाउनु हो।(रोमी 8:29, 1 पत्रुस 1:1-2, रोमी 10:9,13, मर्कुस 16:15-16)
तर क्याल्भिनिज्मले सिकाउँछ, परमेश्वरले कसै-कसैलाई छनोट गर्न पूर्वनिर्धारित गर्नुभयो, ताकि तिनीहरूलाई विश्वास गर्नको लागि र तिनीहरूलाई बचाउनुहुन्छ तर केही मानवजातिलाई विस्मृति र अभिशापमा छोड्नुहुन्छ।
4. सुसमाचारले सिकाउँछ, उहाँ सारा संसारका मानिसहरूको पापको प्रायश्चित हुनुहुन्छ।(१ यूहन्ना 2:2, युहन्ना 1:29)
तर क्याल्भिनिज्मले सिकाउँछ, उहाँ छनोट भएकाहरूका लागि मात्र प्रायश्चित हुनुहुन्छ।
5. सुसमाचारले सिकाउँछ, उहाँ संसारको ज्योति हुनुहुन्छ ताकि संसारले उहाँलाई चिन्न सकून।(यूहन्ना 8:12, 12:46, लुका 2:32)
तर क्याल्भिनिज्मले सिकाउँछ, उहाँ संसारको ज्योति हुनुहुन्छ तर उहाँलाई चिन्न चुनिएकाहरू मात्र छानिएका छन।
6. सुसमाचारले सिकाउँछ, परमेश्वरको पुत्रमा विश्वास गर्नेहरू नै चुनिएकाहरू हुन। (यूहन्ना 1:12, 3:18, 20:31, गलाती 3:26, प्रेरित 3:16)
तर क्याल्भिनिज्मले सिकाउँछ, जो सुरुबाट निर्वाचितहरू थिए, तिनीहरू मात्रै छानिएका हुन।
* साँचो र महिमित सुसमाचारलाई अविश्वासीहरूले मात्रै बङ्ग्याएका छैनन, तर सबैभन्दा बढी त नामधारी र स्वघाेषित विश्वासीहरूले नै बङ्ग्याएका छन। तर सत्य कहिल्यै डग्दैन, र झुठो कहिल्यै टिक्दैन!

No comments:
Post a Comment