के तपाई एडवर्ड किमबललाई चिन्नुहुन्छ? अधिकांश मानिसहरूले उहाँको बारेमा कहिल्यै सुनेका छैनन। एडवर्डले उन्नाइसौं शताब्दीको मध्यमा बोस्टनको म्यासाचुसेट्स भन्ने ठाउँमा एउटा सानो चर्चमा सन्डे स्कूल पढाउने गर्दथे।
आफ्नो कक्षाका केटाकेटीहरूलाई पढाउँदा उनी प्रायः असफल भएको महसुस गर्थे। केही केटाकेटीहरू मूर्खतापुर्ण व्यवहार गर्थे र केही कक्षामा सुत्ने गर्थे।
एक दिन पवित्र आत्माले एडवर्डलाई उनको एक विद्यार्थीलाई भेट्न अगुवाइ गर्नुभयो। उनले विश्वासकाे साथ जुत्ता पसलमा क्लर्कको रूपमा काम गर्ने सन्डे स्कूलका विद्यार्थीलाई येशू ख्रीष्टको प्रेमको बारेमा सुसमाचार साझा गरे। केटाले एक शब्द पनि बोलेन। किमबलले मौका गुमाए जस्तो लाग्यो। यद्यपि, कामपछि केटा बाहिर गयो, पार्कको बेन्चमा बस्यो, र येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा विश्वास गरे। त्याे केटाको नाम डी. एल. मुडी थियो, जो पछि अमेरिकाकाे महान प्रचारकहरूमध्ये एक हुन पुगे।
कथा यहीं रोकिँदैन। मूडीले अमेरिका र युरोपभर प्रचार गरे र बेलायती देशका प्रचारक एफ. बी. मेयरलाई प्रभावित गरे। मूडीको निमन्त्रणामा, एफ. बी. मेयरले संयुक्त राज्य अमेरिकाको भ्रमण गरे, उनले भीडलाई चुनौती दिए,
“यदि तपाईं ख्रीष्टको लागि सबै कुरा त्याग्न इच्छुक हुनुहुन्न भने, के तपाईं तयार हुन इच्छुक हुनुहुन्छ?” त्यो टिप्पणीले विल्बर चैपम्यान नामक संघर्षरत पास्टरलाई प्रभाव पार्यो। च्यापम्यान एक शक्तिशाली प्रचारक बने र प्रख्यात बेसबल खेलाडी बिली सन्डेलाई सल्लाह दिए, जसले प्रचार गर्न आफ्नाे व्यावसायिक खेल बेसबल छोडे।
1924 मा, बिली सन्डेकाे प्रचारले शार्लोट, उत्तरी क्यारोलिनाका पुरुषहरूमा ठूलो प्रभाव पारेको थियो। यी मानिसहरू आफ्नो शहरमा पुनरुत्थान गर्न चाहन्थे, तर बिली सन्डेकाे स्वास्थ्य असफल भएकोले फेरि आउन सकेनन। उनले शार्लोटमा शहरव्यापी सुसमाचार सभा आयोजना गर्न मोर्दकै ह्यामलाई जिम्मा दिए।
कथा यहीं रोकिँदैन । जागृति सभाकाे पालमा एक रातको समयमा, बिली फ्रान्क नामको गोरो, अग्लो, लचिलो, सुनाैलाे कपाल भएको हाई स्कुलमा पढ्ने बच्चा पालमा आए। उनले त्यो रात येशू ख्रीष्टलाई आफ्नो प्रभु र उद्दारकर्ता स्वीकार गरे। के तपाईं बिली फ्रैंकको अन्तिम नाम अनुमान गर्न सक्नुहुन्छ? ग्राहम! बिली ग्राहमले विश्व इतिहासमा अरू कसैलेभन्दा धेरै मानिसहरूलाई प्रचार गरेका छन।
यो सबै भयो किनभने एडवर्ड किम्बल नामको एक अज्ञात व्यक्तिले पवित्र आत्मालाई “हो” भनेर मैदान गए। उनी पादरी, प्रचारक थिएनन तर साधारण सन्डे स्कूल शिक्षक थिए। होसियार हुनुहोस् यदि तपाइँ कहिल्यै सोच्नुहुन्छ, “परमेश्वरले म जस्तो व्यक्तिलाई कसरी प्रयोग गर्न सक्नुहुन्छ?” हामीले मानिसहरूलाई छुटकारा दिने आँखाहरू मार्फत हेर्नुपर्छ कि तिनीहरू को बन्न सक्छन।
येशूले जक्कैमा एक लुकेको परोपकारी, मेरी म्याग्डालिनमा एक जोशिलो उपासक, शाऊल नामको आतंकवादीमा संसार परिवर्तन गर्ने व्यक्ति देख्नुभयो। परमेश्वरले सी. एस. लुईस नामक अज्ञेयवादी प्रोफेसरलाई परिवर्तन गर्नुहुनेछ भनेर कसलाई थाहा थियो ? लुईस हाम्रो जीवनकालमा विश्वासका शक्तिशाली योद्धाहरूमध्ये एक हुन। परमेश्वरको आत्माले परिवर्तन गर्न पाउँदा खुसी हुन्छ। एडवर्ड किमबललाई नबिर्सनुहोस। परमेश्वरले तपाईलाई पनि प्रयोग गर्न चाहनुहुन्छ।

No comments:
Post a Comment