थाेमस एल्बा एडिसन एक प्राथमिक स्कुलमा अध्ययन गर्दै थिए। एकदिन तिनी आफ्नाे स्कुलदेखि घर फर्केर आए, र आफ्नी आमालाई एउटा चिठी दिदै भने,
“मेरो शिक्षकले मलाई यो कागज दिनुभयो र मलाई आमालाई मात्र दिन भन्नुभयो।”
त्याे चिट्ठी पढेपछि आमाकाे आँखाबाट आँसु आयाे। तब एडिसनले त्यहाँ के लेखिएको रहेछ भनी आफ्नी आमालाई साेधे। त्यसपछि उनकी आमाले आफ्नाे आँखाबाट आँसु पुछ्दै भनिन,
“तपाईंको छाेरा निकै प्रतिभाशाली छन। हाम्रो स्कुल निम्न स्तरकाे छ, र हाम्रा शिक्षकहरू पनि त्यति प्रशिक्षित छैनन, त्यसैले उनलाई तपाईं आफैले शिक्षा दिनुहाेला!”
धेरै बर्षपछि तिनका आमाकाे मृत्यु भयो, तबसम्म एडिसन विश्व प्रसिद्ध बैज्ञानिक बनिसकेका थिए।
एकदिन एडिसनले आफ्नाे घरको आलमारीकाे कुनामा एउटा कागजको टुक्रा भेट्टाए। तिनले त्यसलाई उत्सुकताकाे साथमा खाेलेर पढे।
त्याे कागज त्यही थियो, जुन तिनका शिक्षकले आमालाई दिनु भनी दिएका थिए। त्यस कागजमा यस्तो लेखिएको थियोे,
“तपाईंको छाेरा बौद्धिक स्तरमा निकै कमजोर छ, यसले गरीखान सक्दैन, यसलाई यो स्कुलबाट निकालिएको छ र फेरि फेरि नपठाउनुहोला।”
त्याे चिट्ठीलाई पढिसकेपछि एडिसन घण्टाैँसम्म राेईरहे। त्यसपछि तिनले आफ्नाे डायरीमा लेखे,
“एउटी महान आमाले एउटा बौद्धिक स्तरमा कमजोर बच्चालाई शताब्दीकै महान वैज्ञानिक बनाइदिइन।”
शिक्षा :
यो सत्य घटना साँच्चै अचम्मको र प्रेरणादायक घटना हो। जसले थोमस एडिसनको भविष्यलाई परिवर्तन गर्यो, र उनी को हुन भनेर परिभाषित गर्न मद्दत गर्यो र उनलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिभाशाली आविष्कारक बन्नको लागि मार्ग तैयार गर्याे। यो सबै उनको आमाको मायाले गर्दा सम्भव भयाे, जसले आफ्नो बच्चालाई पढ्न, लेख्न र अन्य धेरै सिकाउन आफैले जिम्मा लिए।
जसरी थोमस एडिसनकी आमा उनको उत्कृष्ट शिक्षक थिईन, त्यसरी नै यस संसारमा हाम्रा आफ्नै बच्चाहरूको लागि हामी भन्दा राम्रो शिक्षक कोही छैन। हाम्रा छोराछोरीहरूको लागि हामीले गर्ने माया, हेरचाह र ध्यान अरू कसैसँग हुँदैन। एडिसनको आमाले जस्तै, सबै आमाबाबुले आफ्ना छोराछोरीलाई पढ्न सिकाएर जीवनको सबैभन्दा राम्रो सुरुवात दिन सक्छन।
केवल आमाबाबुले मात्र आफ्ना छोराछोरीहरूलाई प्रारम्भिक वर्षहरूमा उत्कृष्ट सुरुवात दिन सक्छन, र तिनीहरूलाई अहिले पढ्न सिकाएर जीवनमा सफलताको आधार तयार गर्न सक्छन।
यसैकारण भनिएको छ,
“आमाको हृदय बच्चाको विद्यालय कोठा हो।”
“हरेक बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर हो र उनीहरूका पहिलो शिक्षक उनीहरूका अभिभावक हुन।”

No comments:
Post a Comment