एकसमय एक सिकर्मीको पसलमा भएका औजारहरू बैठक बसिरहेको थिए।
घन, छिनाे, आरा, पेचकस र स्यान्डपेपर सबै त्यो बैठकमा उपस्थित थिए।
उनीहरू सबैभन्दा महत्त्वपूर्ण र ठुलो को हो भन्ने विषयमा छलफल गरिरहेका थिए।
यो थाहा पाउन एकअर्काको कमजोरी औंल्याउदै एकअर्कालाई दोषारोपण गरिरहेका थिए।
जब तिनीहरूले चर्को बहस गरिरहेका थिए, सिकर्मी येशू आइपुग्नुभयो।
उहाँले ती सबै औजारहरूलाई प्रयोग गर्नुभयो र त्यसपछि ती सबैलाई तिनीहरूकै बैठक कोठामा नै राख्नुभयाे।
तब घनले उभिएर भने, “भाईहरू, म तिमीहरूलाई साँचो भन्छु, परमेश्वरले कुनै पक्षपात गर्नुहुन्न! उहाँको नजरमा हामी सबै बराबर छाैँ।”
हो! यो ख्रीष्टको शरीर र उहाँका सेवकहरूको सुन्दर दृष्टान्त हो।
आज कतिपय अवस्थामा सेवकहरू आपसमा अरूभन्दा म नै महत्त्वपूर्ण र ठुलो हुँ भन्ने भावना हुन्छ। तर हामीले याे कुरा सधै याद गर्नुपर्दछ कि सबै सेवकहरू परमेश्वरकाे नजरमा बराबर छन र सबै परमेश्वरकाे हातकाे औजारहरू मात्रै हुन।
परमेश्वरकाे सेवकहरूकाे काम, बाेलावट र वरदानहरू अलगअलग भए तापनि मन र लक्ष्य एउटै हुन्छ। सेवककाे रूपमा काेहि ठुलो र काेहि सानो हुँदैन।
यसकारण लेखिएको छ-
अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो।
येशूले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन।
तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस, र अगुवा हुनेले चाहिँ सेवा गरोस।”
[लूका 22:24-26]
“स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।”
[फिलिप्पी 2:3]
“यसकारण सबै दुष्टता, सबै छल-कपट र ईर्ष्या, र सबै निन्दाहरूलाई त्याग।”
[१ पत्रुस 2:1]
“भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।”
[रोमी 12:10-11]
.jpg)
No comments:
Post a Comment