एकजना प्रसिद्ध सेवकले एकपटक यसाे भन्नुभयो,
“प्रिय मित्रहरू, आज कोही पनि प्रेरितहरू छैनन। त्यहाँ बाह्र प्रेरितहरू थिए र त्यो कोटा पहिले नै भरिएको छ। आवेदन दिनु भएकोमा धन्यवाद।” - जस्टिन पीटर्स
यसरी आज धेरै व्यक्तिहरूकाे साेँचाई र भनाई याे छ कि मण्डलीकाे निम्ति केबल 12 जना प्रेरितहरू मात्रै छन, त्यस बाहेक अरू कुनै प्रेरित छैनन, यदि छन भने तिनीहरू सबै झुठो प्रेरितहरू हुन।
तर सम्पुर्ण बाइबलमा 12 जना मात्रै हाेईन, तर 24 जना प्रेरितहरूकाे नाम उल्लेख गरिएको छ।
1. सिमोन पत्रुस [मत्ती 10:2-4]
2. अन्द्रियास
3. जब्दियाका छोरा याकूब
4. यूहन्ना याकूब भाई
5. फिलिप
6. बारथोलोमाइ
7. थोमा
8. मत्ती कर उठाउने
9. अल्फयसका छोरा याकूब
10. अल्फयसका छोरा थेदियस
11. सिमोन कनानी
12. यहूदा इस्करियोत
13. मतियास [प्रेरित 1:26]
14. बारनाबास [१ कोरिन्थी 9:5-6, प्रेरित 13:1-2, 14:4, गलाती 2:9]
15. एन्ड्रोनिकस [रोमी 16:7]
16. युनियस [रोमी 16:7]
17. अपोल्लोस [१ कोरिन्थी 4:6-9]
18. प्रभु येशूका भाई याकूब [गलाती 1:19, 2:9, याकूब 1:1]
19. सिलास [१ थेसलोनिकी 1:1, 2:6, प्रेरित 16:26]
20. तिमोथी [१ थेसलोनिकी 1:1, 2:6]
21. तीतस [२ कोरिन्थी 8:23, तीतस 1:5] (दूतहरू - प्रेरितहरू)
22. इपाफ्रोडिटस [फिलिप्पी 2:25]
23. पावल [गलाती 1:1, 2:8, राेमी 1:1]
24. येशू ख्रीष्ट [हिब्रू 3:1]
यसकारण मण्डलीकाे निम्ति 12 जना मात्रै प्रेरितहरू छन, भन्नू आफ्नाे अज्ञानता प्रकट गर्नु हाे, र परमेश्वरकाे सेवाकाे कामको विरूद्दमा बाेल्नु हाे।
पहिलो शताब्दीमा मात्रै हाेईन, तर मण्डली इतिहासकाे वर्तमान समयसम्म पनि परमेश्वरले आफ्नाे अनगिन्ती प्रेरितहरू खडा गर्नुभएको छ। तर तपाईंले उहाँहरूलाई नभेट्नु विडम्बना हाे।
वर्तमान मण्डलीमा मानव निर्मित या स्व-घाेषित प्रेरितहरू हुनसक्छन, तर परमेश्वरले चुनेर नियुक्त गरेर पठाउनु भएको प्रेरितहरू पनि छन।
यसकारण लेखिएको छ -
तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन।
यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन।”
[मत्ती 9:37-38]

No comments:
Post a Comment