Friday, February 24, 2023

बाइबल अनुसार पवित्र आत्माको अन्यभाषा

 


Unknown Tongues of The Holy Spirit


बाइबलमा पहिलोपटक अन्यभाषा बाेलेकाे घटना

Act.2:1-4 अन्य भाषा बाेल्न लागे


अन्यभाषा सम्वन्धि विश्वासीहरू/सेवकहरू बिच अलग-अलग धारणाहरू छन, जाे यस प्रकार छ -


1. 1Cor.13:8 काे याे पदलाई लिएर कसैले अन्यभाषा पहिलो शताब्दीकाे लागि मात्र हाे र अब अन्यभाषा बन्द भईसक्यो भन्छन।

तर 1Cor.13:10 मा जब शिद्दता अर्थात येशू ख्रीष्ट आएपछि मात्र अन्यभाषा बन्द हुनेछ। येशू ख्रीष्टकाे आगमन भएपछि अन्यभाषा कुनै आवश्यकता हुँदैन।


2. 1Cor.12:29-31 अनुसार सबैले अन्य भाषा बाेल्दैनन, त्यसैले मलाई चाहिदैन भन्छन,

तर यहाँ सबैले अन्य भाषा बाेल्दैनन भन्नुकाे मतलब याे भाषाको वरदान हाे। त्यसैले सबैले अन्य भाषा बाेल्दैनन।


3. 1Cor.14:27-28 अनुसार अन्य भाषा बाेल्ने चुप रहुन भन्छन र मण्डलीमा अन्यभाषा बाेल्न दिदैनन।


तर यहाँ चाहिँ अर्थ खाेल्ने छैनन भने चुप रहने भनिएको हाे। याे मण्डलीकाे आत्मिक उन्नतिकाे लागि बाेलिने अन्यभाषा हाे र यहाँ अर्थ खाेल्ने वाला पनि हुनु पर्दछ, नत्र चुप रहनु पर्छ।


4. 1Cor.13:8 अनुसार कतिपयले अन्यभाषा बन्द भईसक्यो भन्छन।

तर शिद्दता/ख्रीष्ट आएपछि मात्र अन्यभाषा बन्द हुनेछ (1Cor.13:10) ख्रीष्टकाे दाेस्राे आगमनभन्दा पहिले अन्यभाषा बन्द हुनेछैन।


यी माथिका अलग अलग विचारहरूलाई जान्नुभन्दा पहिले अन्य भाषा के हाे ? जन्नु पर्ने हुन्छ;

- अन्य भाषा बाेल्नेले परमेश्वरसँग कुरा गर्छ। याे कसैले बुझ्न सक्दैन(1Cor.14:2)

- एक ठाउँमा अन्यभाषा बुझे (Act.2)

- अर्को ठाउँमा अन्यभाषा बुझेनन (1Cor.14:2)


* किन एक ठाउँमा अन्यभाषा बुझे तर अर्को ठाउँमा अन्यभाषा बुझेनन किनकि अन्यभाषा पनि तीन किसिमका छन, जाे यस प्रकार छन -

1. याे अन्यभाषा कसैले बुझ्न सक्दैन, किनकि यस किसिमको अन्यभाषा बाेल्नेले परमेश्वरसँग कुरा गर्छ। (1Cor.14:2)

2. यस किसिमको अन्यभाषामा भाषाको बरदान छ, त्यसैले याे अन्यभाषा अरूले बुझ्न सक्दैनन।

1Cor.12:30 अनुसार सबैले अन्य भाषा बाेल्दैनन, किन ?

किनकि यो अन्यभाषाको बरदान हो, त्यसैले सबैले अन्य भाषा बाेल्दैनन भनिएको हाे। (1Cor.12:1)

eg. म नेपाली हाे तर मैले नजान्ने चाईनिज भाषा बाेल्दछु भने याे भाषाकाे वरदान हाे। याे वरदान सबैमा हुँदैन।

3. याे अन्यभाषा चाँहि मण्डलीलाई सन्देश दिनेवाला अन्य भाषा हाे।

त्यसैले भाषाकाे अर्थ खाेल्ने छैनन भने चुप रहने भनिएको हाे (1Cor.14:27-28)


* परमेश्वरले अन्यभाषा किन दिनु भयाे ?

   केहि कारणहरू यसप्रकार छन,

- परमेश्वर सँग कुरा गर्न (1Cor.14:22)

- आफ्नाे उन्नति गर्न (1Cor.14:4)

- आत्माले प्रार्थना गर्न/बुद्धि निष्क्रिय हुन्छ (1Cor.14:14)

- अन्यजातीहरूकाे निम्ति चिन्ह हाे (1Cor.14:22)


* किन यस्तो हुन्छ ?

- परमेश्वर आत्मा हुनुहुन्छ (John 4:23-24)

- आत्मामा आराधना गर्न (1Cor.14:14)

- कसरी प्रार्थना गर्ने हामी जान्दैनाैँ (Rom.8:26-27)

त्यसैले पबित्र आत्मामा अन्यभाषा पनि छ र अन्यभाषा तीन किसिमका छन।


आज अन्यभाषाकाे विषयमा विश्वासीहरू र सेवकहरूमा गाेलमाल हुनुकाे कारण यी तीन किसिमका अन्यभाषालाई एउटै रूपमा हेरेकाे कारणले हाे।

यी तीन किसिमका अन्यभाषालाई अलग-अलग गरेर हेर्नूभयाे भने स्पष्ट हुनुहुनेछ।




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...