Saturday, February 25, 2023

के परमेश्वरको पनि कुनै पुत्र हुन सक्छ र ?

 





जभाेलि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरू बिचमा “परमेश्वरकाे पुत्र” येशू ख्रीष्टकाे बिषयमा निकै वादविवाद चलिरहेको पाउन सक्छौं । परमेश्वरकाे पुत्रकाे विषयमा मुख्यतः दुईवटा भ्रम देख्न पाईन्छ,
1. परमेश्वर एकमात्र हुनुहुन्छ, यसकारण परमेश्वरकाे कुनै पुत्र हुनै सक्दैन ।
मुस्लिमहरूले यसलाई हल्का रूपमा लिएको कारण तिनीहरूले परमेश्वरकाे कुनै पुत्र हुनै सक्दैन भन्छन । यसकारण उनीहरूले यसलाई ईश्वर निन्दाकाे रूपमा लिने गर्दछन ।

2. केही ख्रीष्टियन सम्प्रदायहरूले यसलाई चाहिनेभन्दा बढी महत्त्व दिएको कारण श्रीमती बिना कसरी पुत्र हुनसक्छ ? भनी प्रति प्रश्न गर्दछन । यसकारण उनीहरूको साेँच अनुसार परमेश्वरकाे श्रीमती पनि छ भनिरहेका छन ।

बचनलाई हामीले ग्रहण गर्दा सन्तुलित रूपमा गर्नु पर्दछ, नत्र भने हामी बचनकाे सिद्धान्तदेखि बाहिर निस्कनेछाैँ र एक नयाँ झुठो शिक्षाको जन्म हुनेछ ।

बाइबलमा येशू ख्रीष्टलाई दुई तरिकाले “पुत्र” काे रूपमा प्रस्तुत गरिएको छ ।
1. परमेश्वरको पुत्र
[2 युहन्ना 3, 1 युहन्ना 3:8, 4:15, मर्कुस 14:61, 5:7, लुका 8:28, 22:70, राेमी 1:4, भजनसंग्रह 2:7]

2. मानिसको पुत्र
[मत्ती 8:20, मर्कुस 14:62, लुका 5:24, 19:10, युहन्ना 3:13, 5:19, 12:34, दानिएल 7:13-14]

बाइबलकाे मुख्य सिद्धान्त भनेको “येशू ख्रीष्ट पुर्ण (100%) परमेश्वर र पुर्ण (100%) मनुष्य हुनुहुन्छ” भन्नू हाे ।

“परमेश्वरको पुत्र” सम्बाेधन गरिनुको कारण उहाँको ईश्वरत्वलाई देखाउँछ, यसकारण उहाँ पुर्ण परमेश्वर हुनुहुन्छ ।

“मानिसको पुत्र” ले उहाँको मनुष्यत्वलाई देखाउँछ, यसकारण उहाँ पुर्ण मनुष्य पनि हुनुहुन्छ ।

“परमेश्वरको पुत्र” शब्द प्रयोग गरिनुको अर्थ यो होईन कि परमेश्वरको श्रीमती पनि छ, जसरी अरूले गलत व्याख्या गर्दछन ।

बाइबलले स्पष्ट पार्दछ कि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, यसकारण उहाँलाई कुनै काम गर्न कसैको मद्दत चाहिँदैन । यसकारण उहाँले स्त्रीको विना पनि पहिलो मानिस आदमलाई सृष्टि गर्नु भयो ।

“पुत्र” शब्द किन प्रयोग गरियो ?

यहाँ “पुत्र” शब्दले केवल एउटा सम्बन्धलाई मात्रै देखाउँछ, तर समय (उमेर) को सम्बन्धमा होईन । जस्तैः म र मेरो पिताको सम्बन्ध दुई किसिमले छ ।

पहिलो - “समय” (उमेर) को हिसाबले ।
दोस्रो - “सम्बन्ध” को हिसाबले ।

सम्बन्धको अर्थ, जसरी पिताको बारेमा पुत्रले बाहेक त्यति नजिकबाट कसैले जानेको हुँदैन भन्नू हाे ।

येशूलाई “परमेश्वरको पुत्र” भन्नुको अर्थ उहाँले परमेश्वरकाे बारेमा जति जान्नुहुन्छ, त्यो भन्दा बढी अरू कसैले पनि जानेकाे छैन भन्नू हो । [युहन्ना 1:18, 7:28-29, 6:46]

“मानिसको पुत्र” भन्नुको अर्थ, “उहाँ पुर्ण मनुष्य शरीरमा रहेर मानिसको वास्तविक अवस्था उहाँलाई थाहा छ” भन्नू हाे ।
[1 तिमाेथी 2:4-6, एफेसी 2:15-16]

यसकारण येशु ख्रीष्टले मात्रै परमेश्वर र मनुष्य विचमा साँचो मध्यस्थकर्ताको भुमिका निभाउन सक्नुहुनेछ, अरू कुनै मनुष्यले मध्यस्थकर्ताको भुमिका निभाउन सक्दैन ।
[इजकिएल 22:30, प्रकाश 5:1-5]

मध्यस्थकर्ता त्यही मात्रै बन्न सक्छ, जसले दुवै पक्षलाई राम्रोसँग जान्दछ, र यो सबै पापी मानिसको उद्दारसँग सम्बन्धित छ ।

वास्तवमा परमेश्वरकाे कुनै पुत्र हुनुहुन्न, कारण येशू ख्रीष्ट नाम होईन, तर परमेश्वर मानिसको स्वरूपमा आएर गर्ने काम मात्रै थियो । “येशू ख्रीष्ट” नामको सहि अर्थ ग्रिक भाषाबाट नेपालीमा यस्ताे हुन्छ ।

Jesus - means that he is the Savior
Greek: Iēsous (Ἰησοῦς)
Hebrew and Aramaic name Y'shua (ישוע‎)
[मत्ती 1:21, लुका 1:26-38]

Christ - one who is Anointed
Greek word χριστός (chrīstós)
Hebrew word מָשִׁיחַ (Mašíaḥ)
[हिब्रू 13:8, प्रेरित 2:38, फिलिप्पी 2:9-11, 1 काे. 15:3-4]

येशू - “पापबाट छुटकारा दिने वाला” हुन्छ ।
ख्रीष्ट - “स्वर्गबाट अभिषेक गरि (अधिकार दिएर) पठाईएको व्यक्ति” हुन्छ ।

यसकारण “येशू ख्रीष्ट” नामको सहि अर्थ “पापी मानिसलाई पापबाट छुटकारा दिन स्वर्गदेखि अधिकार दिएर पठाएको व्यक्ति” हुन्छ ।

यसैले परमप्रभुका दूतलाई योसेफलाई बालककाे नाम येशू राख्नु भन्नुभयाे -
“तिनले एउटा पुत्र जन्‍माउनेछिन, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” [मत्ती 1:21]

येशू ख्रीष्टलाई “पुत्र” भन्नुको आर्काे कारण यस्तो छ,
हामीले पहिल्यै व्याख्या गरि सक्यौं कि “पुुत्र” काे सहि अर्थ समयलाई देखाउन हाेईन तर केवल सम्बन्धलाई देखाउनकाे लागि मात्रै प्रयोग गरिएको हाे ।

“पुत्र” शब्द नै प्रयोग गरिनुकाे अर्थ आज हरेक धर्मका मानिसहरूले परमेश्वरलाई एक जान्नै नसकिने अदृश्य शक्तिकाे रूपमा विश्वास गर्दछन । यसकारण उनिहरू डरकाे साथ परमेश्वरकाे भक्ति गर्दछन ।

आज परमेश्वर शक्ति हाेईन तर व्यक्ति हुनुहुन्छ भनेर केवल बाइबलले मात्रै हामीलाई सिकाउँछ । परमेश्वर व्यक्ति मात्रै हाेईन तर हाम्रो “पिता” समान हुनुहुन्छ भनेर परमेश्वर र मानिसको बिचकाे निकै नजिककाे सम्बन्ध येशू ख्रीष्टले प्रकट गरिदिनु भयो ।

यसकारण येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्दा परमेश्वरलाई प्रार्थना गर्दा “पिता” भनेर सिकाउनु भयो ।
“हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ... ।” [मत्ती 6:9]

पुनरूत्थान पछि पनि येशूले भन्‍नुभयो,
“मलाई नछोऊ, किनभने म अहिलेसम्‍म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ गइरहेछु।” [यूहन्ना 20:17]

अर्थात येशूले परमेश्वरलाई पिताकाे रूपमा पुनः सम्बाेधन गर्नु भयाे र हामीलाई भाई भनेर सम्बाेधन गर्नुभयो ।
यसकारण आज जसले नयाँ जन्म पाउँछ त्यसले परमेश्वरकाे घरानामा सहभागी बन्छ । आज मण्डलीकाे जेष्ठ दाई येशू ख्रीष्ट हुनुहुन्छ । (युहन्ना 3:3,1:12, गलाती 3:26, 29, 4:6-7, राेमी 8:17, 29-30)

यहुदीहरूले परमेश्वरलाई भयानक शक्तिकाे रूपमा मात्रै हेर्थे, किनकि परमेश्वर कहिल्यै पनि तिनिहरू कहाँ “पिता” को रूपमा प्रकट गर्नुभएकाे थिएन । यसकारण तिनीहरूले बचनमा परमेश्वरकाे नाम लेख्दा खाली ठाउँ छाेड्थे र परमेश्वरकाे नामलाई उच्चारण गर्दा केही समय शान्त रहन्थे । यहुदीहरू बिचमा परमेश्वर प्रति यति धेरै डर र भय थियोे ।

यदि येशू ख्रीष्ट नआउनु भएको भए र उहाँले याे पिताकाे रहस्य नखाेल्नु भएको भए, सायद आज पनि हामी परमेश्वरलाई एक डरलाग्दो शक्तिकाे रूपमा भक्ति गरिरहेका हुने थियौं ।

तर येशू जब आउनु भयो तब उहाँले परमेश्वरसँग हामी डराउनु पर्दैन, तर हामी परमेश्वरसँग पिताको जस्तै सम्बन्ध राख्न सक्छौं भनेर प्रकट गरिदिनु भयाे । के याे हाम्रो निम्ति आशिषकाे कुरा हाेईन र ?

यसकारण “पुत्र” शब्द उहाँको श्रीमती भएको कारणले हाेईन तर हाम्रो निम्ति मानिसले बुझ्ने भाषामा हामीलाई बुझाउन “पुत्र” शब्द प्रयोग गरिएको हाे ।

यसकारण येशू ख्रीष्ट “परमेश्वरको पुत्र” र “मानिसको पुत्र” हुनुहुन्छ भन्ने गलत व्याख्याबाट सचेत रहाैँ । बचनको सत्यतालाई बुझ्ने कोशिष गरौँ !

येशू ख्रीष्ट नै मानव शरीरमा आउनु भएको स्वयं सृष्टिकर्ता “परमेश्वर” हुनुहुन्छ ।
[युहन्ना 1:1-2, 14, हिब्रू 10:5, 1 तिमाेथी 3:16, 2 काेरन्थी 4:4, कलस्सी 1:15-16, 2:9]

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...